आज तीन अप्रिल मोवाइल फोनमा पहिलो पटक घन्टी बजेको दिनको रुपमा धेरैले संझने गर्छन् । सन् १९७३ अप्रिल ३ तारिखको दिन मोटोरोलाका मार्टिन कूपरले त्यो बेलाको प्रतिद्धन्दि कम्पनी बेल लैब्सका डा. जोएल एस एंगेललाई मोवाइल मार्फत् फोन गरेका थिए ।
सन् १९७३ देखि मोवाइल क्षेत्रमा विभिन्न कम्पनीहरु देखा पर्न थालेपछि मोवाइल फोनको क्षेत्रमा ठुलै क्रान्ति भैरहेको छ । मोवाइलमा भएको यो क्रान्ति अझैं रोकिएको छैन । अहिले निर्माताहरु विच मोवाइल फोनलाई उत्कृष्ठ बनाउने जुन किसिमको प्रतिस्पर्धाहरु चलिरहेको छ । प्रयोगकर्ताहरु विच पनि कुन मोडलको सेट चलाउने होड त्यत्तिनै चलिरहेको छ ।
मोबाईल फोनमा पहिलो पटक घन्टी बजेको ४५ बर्ष भएको अवसरमा मोवाइल फोनको क्षेत्रमा भएका केही रोचक र उल्लेखनिय कामहरु ।
– सुरुवाती दिनमा मोवाइल फोन धेरै नै ठुलो हुने गरेको थियो । यो फोन अहिलेको जस्तो खल्तिमा होईन झोलामा अट्ने किसिमको हुन्थ्यो । सन् १९६३ मा मोटोरोलाले निकालेको मोटोरोला डायना टिएसी ८००० एक्स मोडलको फोनलाई मात्र खल्तिमा राख्न सकिन्थ्यो । ८ सय ग्राम तौल भएको यो सेटमा १८ मिनेटको मात्र टक टाईम रहेको थियो । त्यो बेलामै यो सेटको मुल्य करिव ४ हजार डलर पर्ने गथ्र्यो ।
– नोकियाले मोबिरा टकम्यान निकालेको लगत्तै मोटोरोलाले पनि २९०० मोडलको ब्याग फोनलाई बजारमा ल्यायो । यो सेटको बिशेषता भनेको केही बढी मिनेट टक टाईम रहेको थियो ।
– मोटोरोलाले सन् १९८९ मा मोटोरोला माईक्रोटेक मोडलको सेटलाई बजारमा ल्यायो । यो पहिलो फ्लिप हुने किसिमको मोवाइल सेट थियो । त्यो बेलामा यसको मुल्य २ सय ५० डलर रहेको थियो ।
– सन् १९९३ मा आईबिएम सिमोनले निकालेको मोवाइल सेट मार्फत् फ्याक्स र ईमेल पनि गर्न मिल्ने सुविधा रहेको थियो भने यो सेटमा एड्रेस बुक पनि रहेको थियो ।
– सन् २००० मा नोकियाले ३२१० मोडललाई अन्तराष्ट्रिय बजारमा ल्याएपछि मोवाइल फोनको क्षेत्रमा ठुलो क्रान्ति नै भयो । धेरैको पहुँचमा पुगेको यो सेट विश्वभर १ अर्ब ६० करोड प्रति बिक्रि भएको थियो ।
– तेस्रो जेनेरेसनको मोवाइलको क्षेत्रमा एप्पलको आईफोनको प्रबेश सन् २००७ मा भयो । आईफोनको पहिलो सेटनै ६० लाख प्रति बिक्रि भएपछि अन्य कम्पनीहरुले पनि स्मार्टफोनको क्षेत्रमा आफुलाई अगाडी बढाउदै आए ।































