काठमाडौँ

सर्वोच्च अदालतको निर्णयपछि बन्द भएर सुचारु भएका एनालग टेलिभिजन पुनः बन्द भएको छ । "/>

बन्द भएर सुचारु भएका एनालग टेलिभिजन पुनः बन्द

बन्द भएर सुचारु भएका एनालग टेलिभिजन पुनः बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सर्वोच्च अदालतको निर्णयपछि बन्द भएर सुचारु भएका एनालग टेलिभिजन पुनः बन्द भएको छ । सरकारले आफ्नो यस अघिको निर्णय अनुसार नै बुधबार देखि एनालग टेलिभिजन बन्द गरेको हो । सूचना तथा सञ्चार मन्त्रालयले मुलुक भरिका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा सञ्चालित सबै एनालग टेलिभिजन बन्द गर्ने निर्णय गरेकोे जानकारी दिएको छ ।

एनालग सेवा दिने र एनालगमा लाइसेन्स लिएर प्रविधि स्तरोन्नति नगर्ने सेवा प्रदायकलाई अनुगमन गरी सेवा बन्द गराएको मन्त्रालयका अधिकारीहरूको भनार्इ छ । इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले सन् २०१७ को डिसेम्बरबाट एनालग प्रविधि खारेज गर्न आफ्ना सदस्य राष्ट्रलाई निर्देशन दिएपछि सरकारलाई डिजिटल केबल टेलिभिजन सञ्चालनमा गर्नु पर्ने बाध्यता रहेको थियो ।

नेपाल पनि आईटीयूको सदस्य राष्ट्र हो । मन्त्रालयले यसअघि पनि एनालग टेलिभिजन बन्द गरे पनि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालतले एनालग टेलिभिजन बन्द नगर्न सरकारलाई निर्देशन दिए पनि एनालग टेलिभिजन बन्द हुन सकेका थिएनन् । एनालग टेलिभिजन पुरानो प्रविधि हो । यसमा अडियो र भिडियोलाई एम्प्लिच्युड वा फ्रिक्वेन्सी मार्फत सिग्नल पठाइन्छ । एनालग केबलमा एउटै केबलबाट धेरै जनाले टिभी हेर्न सकिने हुँदा गुणस्तर कम हुने गरेको जानकारहरूको भनार्इ छ ।

नेपालमा अहिले डिस मिडिया नेटवर्कको डिसहोम, सुबिसु केबल नेटवर्कको क्लियर टिभी, सिम्पल मिडिया नेटवर्कको सिमटिभी लगायतले डिजिटल टेलिभिजन सेवा प्रदान गरिरहेका छन् । एनालग टेलिभिजन बन्द गर्ने सरकारी निर्णय स्वागतयोग्य रहेको केबल नेटवर्क संघको भनार्इ छ ।
राजधानीबाट

Logo