फेसबुकमा रहेको डाटाहरु चोरी भएर अन्यत्र प्रयोग भएको चर्चा सेलाउन नपाउदैं जर्मनीले फेसबुकको नीति प्रति नयाँ कानून ल्याउने तयारी गरेको छ ।
जर्मनीको कानून मन्त्री कैटरिना बारलेले हालै फेसबुकका प्रतिनिधिहरुसंग भेटेपछि उक्त कुरा बताएकि हुन् । बारलेले फेसबुकका प्रतिनिधिहरुसंगको भेटमा उनीहरुले आफ्ना प्रयोगकर्ताहरुको डाटा चोरी भएको स्विकार गर्दै भविष्यमा यस्तो किसिमको घटना नहुने कुरामा विश्वस्त हुन आग्रह गरेको बताईन् । तर उनीहरुले दिएको यो आश्वासन प्रति हामी पूर्णरुपमा विश्वस्त हुन सकेका छैनौं । हामीले भविष्यमा फेसबुक जस्ता अन्य आउने कम्पनीहरुलाई पनि मध्यनजर गरेर नयाँ किसिमको कानुन बनाउनु पर्ने छ ।
डाटा लिक भएको बिषयमा बारलेले फेसबुकमा उच्च अधिकारीहरुसंग पनि भेट गर्ने योजना रहेको बताईन्छ । यो भेटमा बारलेले डाटा लिकको बिषयमा फेसबुकको भुमिका के हो, प्रयोगकर्ताहरुको गोपनियताको बिषयमा कम्पनीले आगामि दिनमा कस्तो किसिमको रणनीति बनाउदैछ भन्ने बिषयमा छलफल गर्ने बताईन् ।
भेटको अवसरमा बारलेले अमेरिकाको राष्ट्रपति निर्वाचन, ब्रिटेन यूरोपियन युनियनवाट अलग हुने बिषयमा भएको मतदान आदी बिषयमा फेसबुकले ब्यापक रुपमा जाँच गर्नु पर्ने बताईन् । फेसबुकको डाटा चोरी भएको बिषयमा जर्मनीका कति ब्यक्तिहरुको परेको त्यो बिषयमा पनि फेसबुकले जानकारी दिनु पर्ने बारलेले बताईन् ।































