काठमाडौँ
निजी क्षेत्रको पहिलो मोवाइल सेवा प्रदायक एनसेलको वार्षिक डाटा खपत १३० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको प्रमुख लगानीकर्ता आजियाटाले निकालेको पछिल्लो ०१७ को वार्षिक वित्तीय विवरण अनुसार ग्राहक संख्या र डाटा खपतमा उल्लेख्य वृद्धि भएको हो ।
आजियाटाको ०१७ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार यो वर्ष एनसेलका ग्राहकले दुई करोड ७७ लाख जिबी डाटा प्रयोग गरेका छन् । यो ०१६ को जम्मा प्रयोग भन्दा १३० प्रतिशतले बढी हो । उसको वित्तीय विवरण अनुसार ०१६ मा कुल डाटा खपत १ करोड २० लाख जिबी थियो । त्यसैगरी एनसेलको ०१५ को डाटा खपत ५३ लाख जिबी मात्र रहेको उल्लेख छ ।
एनसेलले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा सुरुवात गरेसँगै डाटा खपतमा वृद्धि भएको बताएको छ । एनसेलले ०१७ जुनमा फोरजी सेवा सुरु गरेको थियो । एनसेलले हाल सम्ममा देशका विभिन्न २१ सहरमा फोरजी सेवा पुर्याइसकेको छ । कम्पनीको तथ्यांक अनुसार २०१६ को तुलनामा २०१७ मा एनसेलको डाटा सेवाको आय १७.९ प्रतिशतले बढेको छ । रिपोर्ट अनुसार कुल आम्दानीमा डाटाको योगदान १९ प्रतिशत र कुल ग्राहक संख्यामा झन्डै ४४ प्रतिशतले डाटा सेवा लिएका छन् ।
नागरिकबाट





























प्रतिक्रिया