कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक हाजिरीको लागि आफ्नै एकीकृत प्रणाली विकास गरेको छ। शिक्षा विभाग र सूचना प्रविधि विभागले प्रणाली तयार गरी सबै विद्यालयलाई यसमा जोडिसकेका छन्।

सबै विद्यालयलाई ‘युजरनेम’ र ‘पासवर्ड’ दिइसकिएको छ। जनकल्याण, टङ्गाल, गीतामाता, ज्ञानोदय, तरुण, रत्नराज्य, पद्मोदय, जनपथ र विश्व निकेतन माविका शिक्षक र कर्मचारीको डाटा इन्ट्री र फेस रिडिङ प्रक्रिया पूरा भएको छ।

विद्यार्थीको तथ्याङ्क प्रविष्ट गर्ने र फेस रिडिङ प्रक्रिया अहिले जारी छ। प्रणाली सञ्चालनका लागि कर्मचारीलाई तालिम दिइएको छ र अब डाटा इन्ट्री, अद्यावधिक र प्रतिवेदन विद्यालयबाटै गरिनेछ। तर, रियल टाइम सूचना कामपाको केन्द्रीय प्रणालीबाट निगरानी गर्न सकिनेछ।

भविष्यमा प्रणालीलाई सब–नेशनल ट्रेजरी रेगुलाटोरी एप्लिकेसन (सूत्र) सँग जोड्ने योजना छ। यसले विद्यार्थीले आफ्नै विवरण हेर्न पाउने र अभिभावकलाई जानकारी पठाउने सुविधा पनि दिनेछ।

Logo