सामसुङको एस नाईन कस्तो हुन्छ

सामसुङको एस नाईन कस्तो हुन्छ

केन्द्रबिन्दु
0
Shares

सर्वाधिक धेरै मोडलको मोवाइल फोन बिक्रेता कम्पनी सामसुङले आफ्नो आगामी फ्ल्यागसिप मोडलको रुपमा एस नाईन र एस नाईन प्लसलाई सार्वजनिक गर्ने घोषणा गरेपछि यो सेट प्रति उपभोक्ताहरुको कौतुहलता बढीरहेको छ ।

सामसुङले आगामी स्मार्टफोनको नाम ग्यालेक्सि एस नाईन र एस नाईन प्लस हुने बताएपछि नै यो सेटको मोडल, साईज र यसमा हुने सुविधाका विषयमा उत्सुकता बढेको हो । यो विषयमा सर्वसाधारण भन्दा पनि टेक रिभ्यु गर्नेहरुमा बढी उत्सुकता देखिएको छ ।

आगामी फेब्रुअरी २५ तारिख देखि आयोजना हुने वल्र्ड मोवाइल कंग्रेसमा सामसुङले यो मोडललाई प्रस्तुत गर्ने अनुमान गरिएको छ । यदी यो कंग्रेसमा समासुङले यो मोडलको स्मार्टफोनलाई लन्च गरेमा मार्च देखि मात्र बजारमा जाने अनुमान गरिएको छ । टेक रिभ्यु गर्नेहरुका अनुसार एस नाईनको डिजाइन लगभग सामसुङकै यसअघिको भर्जन एस एट् जस्तै हुनेछ । तर एस नाईन भन्दा एस नाईन प्लसको स्क्रिन केही ठुलो हुने अनुमान गरिएको छ । यो सेटमा १८:५:९ एस्पेक्ट रेसियो भएको पातलो भेजल स्क्रिन हुने छ । सेटको पछिल्लो भगमा रहने क्यामेराको तल्लो भागमा फिंगर प्रिन्ट सेन्सर रहने छ । यो सेटको स्क्रिन साईज लगभग एस एटको जस्तै ५ दशमलब ८ इन्चको र क्यूएचडी आल्मोण्ड रहने छ । तर ग्यालेक्सि एस नाईन प्लसको स्क्रिन भने ६ दशमलब २ इन्चको रहने छ ।

सामसुङले आफ्नो फ्ल्यागसिपमा ल्याउने यो सेटमा अहिलेसम्मकै उत्कृष्ठ प्रोसेसर राख्ने छ । जस्तो कुनै देशका लागि क्वालकमको स्न्यापड्रगन ८४५ चल्ने देशमा सोही प्रोसेसर रहने छ भने सामसुङले आफैले एक्सिनोस ९८१९ प्रोसेसर बनाएको हुनाले यो प्रोसेसरमा पनि उपलब्ध गराउन सक्नेछ ।

सामसुङले एस नाईनमा ४ जिबी र्‍याम र ६४ जिबी इन्टरनल स्टोरेज दिने छ भने एस नाईन प्लसमा ६ जिबी र्‍याम र १ सय २८ जिबी इन्टरनल स्टोरेज दिने छ । सामसुङले यो मोडलमा केही आईफोन एक्सका फिचरहरुलाई पनि समावेश गर्ने छ । जसमा थ्रिडी इमोजी, फेस अनलक सेक्युरिटी, फ्रन्ट फेसिंग स्टोरियो स्पिकर पनि रहने छ ।

यो सेटको रिअर क्यामेरा १२ मेगा र फ्रन्ट क्यामेरा सम्भवत ८ मेगा पिक्सेलको हुने छ । फ्रन्ट क्यामेरामा केही नयाँ सेल्फीका अप्सनहरु रहने छ । जसले प्रयोगकर्तालाई फोटो खिच्दा आनन्द आउने छ । एस नाईनको ब्याट्रि क्षमता ३ हजार एमएएच र नाईन प्लसको ३ हजार ५ सय एमएएच रहने अनुमान गरिएको छ । यो सेटको मुल्य अन्तराष्ट्रिय बजारमा ९० हजार रुपैंया भन्दा बढी पर्ने अनुमान गरिएको छ ।

Logo