निन्द्रा नलाग्ने समस्या अहिले धेरैमा रहेको छ । यो समस्यासंग जुध्न धेरैै ब्यक्तिले प्र्रयास गरेपनि सकिरहेका छैनन् । यो समस्यालाई समाधान गर्न अमेरिकाका बैज्ञानिकहरु पनि लागि रहेका छन् । "/>

यस्तो छ निन्द्रा लगाउने स्लिपिङ मास्क !

यस्तो छ निन्द्रा लगाउने स्लिपिङ मास्क !

केन्द्रबिन्दु
0
Shares

निन्द्रा नलाग्ने समस्या अहिले धेरैमा रहेको छ । यो समस्यासंग जुध्न धेरैै ब्यक्तिले प्र्रयास गरेपनि सकिरहेका छैनन् । यो समस्यालाई समाधान गर्न अमेरिकाका बैज्ञानिकहरु पनि लागि रहेका छन् । यसैविच लसन्जलसका डेभलपर्सहरुले स्मार्ट स्लिप मास्कको निर्माण गर्र्न सफल भएका छन् ।

यो मास्कको प्रयोगले निन्द्रा नलाग्ने ब्यक्तिहरुलाई चा“डै निन्द्रा लाग्नुका साथै गहिरो निन्द्रा लगाएर बिहान उठ्दा फुर्तिलो बनाउने गर्छ । ड्रिम लाइट नामाकरण गरिएको यो स्लिपिङ मास्कले पैदा गर्ने साउण्ड, लाइट र जेनेटिक्सको माध्यमद्धारा प्रयोगकताई निन्द्रा लगाउन मद्धत गर्ने निर्माताहरुको दावा रहेको छ ।

निन्द्रा नलाग्ने समस्या एउटा रोगको रुपमा रहेको हुन्छ । यसलाई इन्सामेनिया भनिन्छ, यो वाहेक कसैलाई निन्द्रा नलाग्ने विभिन्न किसिमका समस्याहरु पनि रहेका हुन्छन् ।

यस्ता किसिमका समस्या भएका ब्यक्तिहरुलाई निन्द्रा लगाउन यसमा एक यस्तो किसिमको सेन्सर रहेको हुन्छ जसले प्रयोगकर्ताको मुटुको चाल, प्रेसरलाई मनिटर गर्छ । साथै यसले प्रयोगकर्तालाई निन्द्रा लगाउन र जगाउनका लागि हेडफोन पनि रहेको हुन्छ ।

यसमा रहेको लाईटले प्रयोगकर्तालाई अलार्मको रुपमा जगाउने काम गर्छ । यदी तपाईलाई कति घन्टा निदाउनु पर्ने हो सोही अनुसार समय निर्धारण गर्न सकिन्छ । यसलाई अन्य स्लिपिङ मास्क जस्तै धुन मिल्ने किसिमले बनाइएको छ ।

यसमा युएसबी चार्जिङको सुविधा पनि रहेको छ । जसको कारण यसलाई चार्ज गर्न सकिन्छ । यदी अन्यत्र लामो यात्रामा जा“दै हुनुहुन्छ भनेर तपाईले यसलाई चार्ज गरेर लैजान सक्नुहुन्छ । यसका निर्माताहरुले यसलाई एण्ड्रोइड र आईएसओमा एप मार्फत् पनि जोड्न मिल्ने सुविधा दिएका छन् ।

Logo