काठमाडौं ।

सामसङले ट्याव ए नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी ट्याब ए पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस हो । "/>

नेपाली बजारमा सामसङ ग्यालेक्सी ट्याब ए ७.०

नेपाली बजारमा सामसङ ग्यालेक्सी ट्याब ए ७.०

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सामसङले ट्याव ए नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी ट्याब ए पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस हो । 4G को साथ परिस्कृत गरिएको उच्चस्तरीय डिस्प्ले तथा उत्कृष्ट ब्याट्रिको क्षमताले गर्दा यसले इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्ने छ ।

आकर्षक स्लीम डिजाइन, राउन्ड एज तथा नन् स्लीप प्याटर्नले गर्दा यो प्रयोग गर्न सहज छ । यसलाई जस्तो सुकै अवस्थामा पनि एक हातमा सहजै लिन सकिन्छ । एच डि डिस्प्लेको करणले उत्कृष्ट दृश्यको अनुभव प्राप्त हुने छ ।

यो आफैमा एक पावर हाउस हो यसमा लामो समयसम्म चल्ने ४००० एमएएच व्याट्री राखिएको छ, जसले भिडियो प्ले व्याक प्रयोग गर्दा पनि ९ घण्टसम्म निरन्तर चलाउन सकिन्छ ।

सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने “हामीले उपभोक्ताद्वारा प्राप्त भएको कयौं फिडब्याकहरुलाई ध्यानपूर्वक मनन गरी उपभोक्ताहरुका चाहना एवं आवश्यकतालाई पूरा गर्ने खालको उपकरण तयार गर्नमा केन्द्रिंत रहेका छौं ।

ग्यालेक्सी ट्याव ए मासुधारिएको शानदार डिस्प्ले, पावरफुल परफर्मेन्स तथा मल्टीमिडिया एक्स्पीरियन्सको राम्रो समिश्रण रहेको छ । यो क्वालिटि इन्टरटेनमेन्ट एक्सपिरियन्स खोज्ने ग्राहकहरुका लागि उत्कृष्ट छ” ।

यो ट्याबमा “किड्स मोड” को सुविधा उपलब्ध रहेको छ, यो एउटा यस्तो डिजिटल प्ले ग्राउन्ट हो जुन पूर्ण रुपमा सुरक्षित छ र किड्स मोडमा अविभावक तथा बच्चाहरुको लागि एक लाइब्रेरी रहेको छ, जुन एजुकेशनले गेमहरुद्वारा सुसज्ज्ति छ । यो फोनलाई कुनै निश्चित समय सम्मको लागि वा कुनै यापलाई नियन्त्रित गर्न सकिन्छ । यसरी अभिभावकले आफ्ना बालबच्चाहरुलाई खास विषयमा केन्द्रित राख्न सक्नुहुन्छ । साथै एपमा विताउने समयको निर्धारण पनि सहजै गर्न सकिन्छ ।

१.५ गिगाहर्ज को क्वाड कोर प्रोसेसर, १.५ जिबिको -याम तथा ८ जिबिको इन्टरनल मेमोरि (माइक्रो एस डि कार्डको प्रयोग गरी २०० जिबि सम्म बढाउन सकिने) ५ मेगा पिक्सलको ए एफ रियर क्यामरा जसले सफा एवं स्पर्ट फोटो खिच्न सकिन्छ । साथै यसमा २ मेगा पिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।

मूल्य

ग्यालेक्सी ट्याब ए नेपाली बजारमा रु. १५, ९००मा उपलब्ध रहेको छ । यसका दुई आकर्षक रंगहरु ह्वाइट तथा तथा ब्ल्याक रहेका छन् । ग्यालेक्सी ट्याब ए नेपाल अधिराज्यभर सामसङका आधिकारिक ब्राण्ड स्टोरहरुमा मिति यहि माघ २३ गते देखि उपलब्ध रहेको छ ।

Galaxy Tab A 7.0 Specifications

Type

LTE

Display

7.0” WXGA TFT

Chipset

1.5 GHz Quad Core processor

Bearer

2G GSM,3G WCDMA,4G LTE FDD,4G LTE TDD

Supports VoLTE

LTE Support

Cat. 4

Memory

1.5GB(RAM) + 8GB(ROM)

microSD up to 200GB

Camera

5.0MP AF + 2.0MP

Connectors

USB 2.0, 3.5mm Ear jack

Sensors

Accelerometer

 

Wireless Connectivity

 

Wi-Fi 802.11 b/g/n, Wi-Fi Direct,

BT 4.0

GPS

A-GPS + GLONASS

Dimensions, Weight

108.8 x 186.9 x 8.7mm, 289g

Battery

4,000mAh

Samsung Services & Applications

Smart Switch Kids Mode 4.0

PC Sync

Smart Switch

Radio

FM Radio

Video

Recording: 720p @ 30fps Playback: 1080p @ 30fps

Logo