काठमाडौं । नेपाल टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सव मनाएको छ । सोही अवसरमा टेलिकमले आफ्ना ग्राहकहरुलाई सापटी सेवा दिने बताएको छ । "/>

नेपाल टेलिकमले पनि सापटी दिने सेवा सुरु गर्दै

नेपाल टेलिकमले पनि सापटी दिने सेवा सुरु गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सव मनाएको छ । सोही अवसरमा टेलिकमले आफ्ना ग्राहकहरुलाई सापटी सेवा दिने बताएको छ ।

टेलिकमका प्रिपेड ग्राहकले आफ्नो पैसा सकिएको खण्डमा सापटी दिनेछ । सोमबार टेलिकमले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सेवाको सुरूआत गरे । यो योजनाको पूर्ण कार्यान्वयन आगामी एक महिनाभित्रबाट हुनेछ । तर कति रकम दिने अथवा कति समय टक टाईम दिने भन्ने विषयको टुंगो लागेको छैन् ।

ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काटिने छ । प्रिपेड कार्डबाहक ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने छन् । अहिलेसम्म एनसेलले मात्रै यो सेवा दिने गरेको थियो ।

 

Logo