नवलपरासी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको अरुणखोला–दुम्किबास खण्डमा मोबाइल नेटवर्क समस्या समाधान गर्न जङ्गल क्षेत्रमा टेलिकम टावर निर्माण गरिएको छ । टावर सञ्चालनमा आएपछि उक्त क्षेत्रमा टुजी र फोरजी सेवा सहज रूपमा उपलब्ध हुन थालेको छ । यसअघि नेटवर्क नहुँदा यात्रु र उद्धार कार्यमा समस्या हुँदै आएको थियो ।
अब चोरमारा–अरुणखोला र डण्डा–अरुणखोला क्षेत्रमा पनि टावर विस्तार गर्ने तयारी गरिएको छ । साथै पहाडी क्षेत्र र कालीगण्डकी करिडोरमा समेत नेटवर्क सुधारका लागि नयाँ टावर निर्माण भइरहेको छ ।
टेलिकमका अनुसार केही स्थानमा निर्माण सम्पन्न भइसकेको छ भने केही ठाउँमा काम अघि बढिरहेको छ ।































प्रतिक्रिया