भिडियो च्याट उपकरण ल्याउदै फेसबुक

भिडियो च्याट उपकरण ल्याउदै फेसबुक

केन्द्रबिन्दु
0
Shares

क्यालिफोर्निया, २ माघ । फेसबुकले आफ्नो सेवालाई अझ भरपर्दो बनाउन आगामी मे महिनामा भिडियो च्याट गर्न मिल्ने प्रडक्ट ‘पोर्टल’लाई बजारमा ल्याउने घोषणा गरेको छ ।

इन्टरनेटमा आफ्ना प्रयोगकर्ताहरुलाई निशुल्क सेवा दिदैं आएको फेसबुकको यो प्रडक्टले एमेजनले निकालेको एकोशो र गुगलले निकालेको गुगल असिस्टेन्टसंग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।

एक साईबर अनलाईनका अनुसार फेसबुकले यो प्रडक्टको उत्पादन आफ्नै ल्याव सेक्रेटिभ बिल्डिङ–८ वाट तयार पारेको जनाएको छ । यसरी फेसबुकले यो ल्याव मार्फत् निकालेको यो पहिलो प्रडक्ट रहेको जनाइएको छ । यो प्रडक्टको लन्च भने फेसबुकले बार्षिक रुपमा आयोजना गर्दै आएको एफ–८ डेभलपर्स कन्फ्रेन्सको समयमा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

जानकारहरुका अनुसार फेसबुकको यो पोर्टलले एमेजनको एको शो र गुगल असिस्टेन्टले निकालेको ४ वटा स्मार्ट स्पिकरसंग प्रतिस्पर्धा गर्ने छ । हालै लसभेगासमा आयोजना भएको कन्ज्युमर इलेक्ट्रोनिक्स शोमा यस्तो किसिमको स्पिकरको प्रतिस्पर्धामा जेबिएल, एलजी, लेनोभो, सोनी र सामसुङ पनि उत्रिएका थिए ।

फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई लक्षित गरेर निकाल्न लागेको पोर्टलमा एक स्क्रिन रहेको हुन्छ । जसको मद्धतले प्रयोगकर्ताले भिडियो च्याट गर्नुका साथै भिडियो हेर्न पनि सक्छ । पोर्टलमा एउटा वाईड एंगल लेन्स पनि रहेको हुन्छ यो लेन्सले प्रयोगकर्ताको अनुहार चिनेर फेसबुक एकाउन्टसंग जोडिदिन्छ । फेसबुकले यो प्रविधिलाई अनलाईन र अन्य माध्यमवाट बिक्रि गर्ने सोचाई बनाएको छ । सम्भवत फेसबुकले यसको मुल्य साढे ५१ हजार रुपैंया राख्ने जनाईएको छ । एजेन्सी

Logo