काठमाडौं ,२८,पुस
नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । २८ पुस (आज) देखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो । "/>

स्थलमार्गबाट हुने इन्टरनेटमा भारतीय एकाधिकार तोडिँदै

स्थलमार्गबाट हुने इन्टरनेटमा भारतीय एकाधिकार तोडिँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ,२८,पुस
नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । २८ पुस (आज) देखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो । नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको औपचारिक उद्घाटन आज शुक्रबार हुँदैछ । त्यसपछि नेपालले चीन हुँदै विश्व बजारको दूरसञ्चार नेटवर्कमा आबद्धता जनाउनेछ । २ वर्ष अघि नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल लिमिटेड (सिटिजी) बीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबुलमार्गमा जोड्नेबारे सम्झौता भएको थियो । सोही सम्झौता अनुसार दुवैतर्फको अप्टिकल फाइबर एक–अर्कामा जोडिएका छन् ।

नेपालको स्थलमार्गबाट हुने दूरसञ्चारको अन्तर्राष्ट्रिय आबद्धतामा भारतीय एकाधिकार तोडिने भएको छ । नेपालले चीन हुँदै विश्व बजारको दूरसञ्चार नेटवर्कमा आबद्ध हुने बाटो खुलेसँगै भारतीय एकाधिकार तोडिने भएको हो । विश्वव्यापी दूरसञ्चार नेटवर्कमा आबद्धताका लागि स्याटेलाइट र केबल गरी दुई वटा माध्यम छन् । हाल नेपालले दूरसञ्चारमा अन्तर्राष्ट्रिय आबद्धताका लागि एक भन्दा बढी मुलुकको स्याटेलाइट प्रयोग गरे पनि स्थलगत आबद्धता भने भारतबाट मात्रै हुँदै आएको छ । चीनसँग अप्टिकल फाइबर मार्फत जोडिएसँगै अब नेपालले भारत बाहेक चीनको बाटो हुँदै विश्व दूरसञ्चार सञ्जालमा जोडिने प्रवक्ता वैद्यले बताइन् ।

अघिल्लो वर्ष हङकङमा भएको सम्झौता कार्यक्रममा सिटिजीका कार्यकारी उपाध्यक्ष ओउ यानले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार गरिरहेको र यसबाट नेपाल–चीन रुटमा सेवा प्रदान गर्नुका साथै भारतबाट समेत ट्रान्जिट सेवा प्राप्त गर्न सहयोग पुग्ने बताएका थिए ।
नयाँपत्रिकाबाट

Logo