नोकियाले ३३१० लाई फोर जी भर्जनमा ल्याउने

नोकियाले ३३१० लाई फोर जी भर्जनमा ल्याउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १६ पुस । नोकियाको सर्वाधिक लोकप्रिय ३३१० मोडललाई फोर जी भर्जनमा निकाल्ने तयारी गरेको छ ।

एचएमडी ग्लोबलले निकाल्ने नोकियाको यो मोडलको फोर जी भर्जनको सेट चीनको एक लोकप्रिय अनलाईन सामग्री बिक्रि गर्ने वेव साईटमा राखिएको छ । गत फेब्रुअरी महिनामा मोवाइल वल्र्ड कंग्रेसमा एचएमडी ग्लोबलले नोकियाको ३३१० मोडलको सेटलाई पून: उत्पादन गरेर प्रस्तुत गरेको थियो । स्मार्टफोन आउनु भन्दा अगाडी यो सेट नोकियाले सर्वाधिक बिक्रि गरेको सेटको रुपमा रहेको थियो । दोस्रो संस्करणमा टु जी निकालेको ग्लोबलले यसपटक भने सोही मोडललाई फोर जी भर्जनमा निकाल्न लागेको हो ।

नोकिया ३३१० को फोर जी भर्जनलाई सम्भवत नोकियाले आगामी जनवरी १२ तारिखमा नोकियाले आफुले निकाल्न लागेको फ्ल्यागसिप मोडल नोकिया सिक्सको अवसरमा यसलाई पनि निकाल्ने योजना बनाएको छ । नोकियाको ३३१० को फोर जी भर्जनको बिशेषता के के रहेको छ भन्ने बिषयमा नोकियाले अहिलेसम्म केही पनि खुलाएको छैन । मोवाइलका जानकारहरुका अनुसार यो मोडलको सेटको स्क्रिन २ दशमलब ४ ईन्चको क्युभीजिए रहने छ । यसैगरी यसमा १ हजार २ सय एमएएचको ब्याट्रि क्षमता रहने छ र यो ब्याट्रिले ६ घन्टासम्मको टकटाईम दिने छ । एजेन्सी

Logo