काठमाडौँ । आइतबार दिउँसाे एक्कासी विश्वभर अचानक अवरुद्ध भएको सामाजिक सञ्जाल फेसबुक सेवा बिस्तारै पुनः सञ्चालनमा आउन थालेको छ। प्राविधिक समस्याका कारण साढे १० बजेपछि लगइन र फिड लोड हुन छोडेको फेसबुकमा अहिले सुधार देखिएको हाे ।
अवरोधका कारण विशेषगरी डेस्कटप ब्राउजर प्रयोगकर्ताहरू मारमा परेका थिए, जहाँ अकाउन्ट अस्थायी रूपमा उपलब्ध नभएको सन्देश देखाइएको थियो। हाल धेरैजसो स्थानमा डेस्कटप संस्करण र मोबाइल एप दुवै सामान्य रूपमा चल्न थालेका छन्।
इन्टरनेटको अवस्था ट्र्याक गर्ने ‘डाउनडिटेक्टर’मा पनि फेसबुक सम्बन्धी गुनासोको ग्राफ तीव्र गतिमा घट्न थालेको छ । फेसबुकको मातृ कम्पनी मेटाले आधिकारिक रूपमा यसको कारण नखुलाए पनि आन्तरिक सर्भर अपडेट वा प्राविधिक त्रुटिका कारण केही समयका लागि सेवा प्रभावित भएको अनुमान गरिएको छ।































