रोकियो ट्वीटर भेरिफाइड

रोकियो ट्वीटर भेरिफाइड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २६ कात्तिक । ट्वीटरले सर्वसाधारणको एकाउन्टलाई भेरिफाइड गर्दै दिदैं आएको ‘ब्लु टिक’लाई रोकेको जनाएको छ ।

सेलिब्रेटी, सरकारी कर्मचारी, संचारकर्मी, पत्रकारहरुलाई दिदैं आएको भेरिफाइड ‘ब्लु टिक’ लाई ट्वीटरले सर्वसाधारणलाई पनि भेरिफाइड गर्न मिल्ने सुविधा दिएको थियो ।

ट्वीटरका संस्थापक र सिईओ ज्याक डोर्सीले ट्वीट गर्दै हाम्रो एजेन्ट्सहरुले भेरिफिकेसनको पोलिसीमा राम्रो काम गरिरहदा पनि केही समस्याहरु देखिएको छ । यसलाई समाधान गर्नै पर्ने देखिएको छ । यो बिषयमा हामीले पहिल्यै काम गर्नु पर्ने थियो । यसमा हामीले ध्यान दिन नसक्नु हाम्रो असफलता हो । अब यो समस्यालाई हामी चाडैंनै समाधान गर्ने छौं ।

भएको के थियो भने ट्वीटरको भेरिफाइड पोलिसी प्रति अमेरिकी नागरिक विरोधमा उत्रिएका थिए । भर्जिनियामा आयोजना भएको एक ह्वाईट सुप्रिमेसिस्ट र्‍यालीको ट्वीटर ह्याण्डललाई ट्वीटरले भेरिफाइड गर्दै ब्लु टिक दिएपछि ट्वीटर पनि यसको समर्थनमा रहेको देखिएको थियो । यो प्रदर्शनमा एक ब्यक्तिको मृत्यु समेत भएको थियो ।

यो विरोध भएपछि ट्वीटरले एक विज्ञप्ति निकाल्दै ट्वीटरले कुनै पनि एकाउन्टलाई भेरिफाइड गर्नुको मतलब त्यो एकाउन्टको पहिचान गरेको भन्ने हो । ब्लु टिकको अर्थ उसको सबै कार्यमा ट्वीटरले समर्थन गर्नु भन्ने नरहेको जनाएको छ । यो भ्रमलाई हामी आफैंले सिर्जना गरेको कारण हामीले नै समाधान गर्नुपर्ने देखेका छौं । त्यसैले अहिले हामीले एकाउन्ट भेरिफिकेसनलाई रोक्ने निर्णय गरेका छौं भन्ने कुरा विज्ञप्तिमा जनाइएको छ ।

Logo