ट्वीटरमा भयो ५० क्यारेक्टरको डिस्प्ले नेम

ट्वीटरमा भयो ५० क्यारेक्टरको डिस्प्ले नेम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २५ कात्तिक । सामाजीक संजालमा प्रतिस्पर्धा गर्न गाह्रो हुँदै गएपछि ट्वीटरले आफ्नो क्यारेक्टरको न्यूनतम मापदण्डमा बृद्धि गर्दै लग्न थालेको छ ।

केही दिन अगाडी ट्वीटरले आफ्नो माइक्रो ब्लगिङमा लेखिने क्यारेक्टरलाई बढाएर २ सय ८० पुर्‍याएको थियो । यसअघि प्रयोगकर्ताले १ सय ४० शब्दमा आफ्नो भनाई राखिसक्नु पर्ने अवस्था रहेको थियो ।

यो बृद्धि गरेको केही दिनमै ट्वीटरले फेरी अर्को खुशिको घोषणा गर्दै प्रयोगकर्ताले ५० क्यारेक्टरमा आफ्नो युजर नेम राख्न पाउने जनाएको छ । यसअघि ट्वीटरले युजर नेमलाई २० क्यारेक्टरमा मात्र सिमित गरेको थियो ।

Logo