काठमाडौं, १३ कार्तिक । मोटोरोला कम्पनीले नेपाली बजारमा आफ्नो ई सिरिज अन्तर्गतको मोटो ई फोर प्लसलाई सार्वजनिक गरेको छ ।
फिंगर प्रिन्ट सेन्सर रहेको यो सेटको मुख्य बिशेषता भनेको यसको ब्याट्री क्षमता पनि एक हो । ५ हजार एमएएच क्षमता रहेको यो सेटमा दुई दिनसम्म काम गर्न सकिने कम्पनीले दावी गरेको छ । यो वाहेक यसको ब्याट्री अरु स्मार्टफोनको तुलनामा तिब्र गतिमा चार्ज समेत हुन्छ । एण्ड्रोइडको नुगेट ७ भन्दा माथिल्लो भर्जन रहेको यो सेटको प्रोसेसर भने क्याड कोर १ दशमलब ३ गिगाहर्ज रहेको छ ।
३ जिवी र्याम र ३२ जिवी इन्टरनल स्टोरेज क्षमता रहेको यो सेट १ सय ९८ ग्रामको मात्र रहेको छ । ५ दशमलब ५ इन्चको स्क्रिन रहेको यो सेटमा कर्भ ग्लास पनि रहेको छ ।
दुईवटा सिम सर्पोट गर्ने यो सेटको फ्रन्ट क्यामेरा ५ मेगा पिक्सेलको रहेको छ । सेल्फी खिच्ने क्रममा कम लाईट भएको अवस्थामा प्रयोग गर्न मिल्ने लिड फ्लास लाईट पनि रहेको छ । यो वाहेक फोटोहरुलाई आकर्षक पार्न बिभिन्न मोडहरु पनि रहेको छ । यो सेटको रिअर क्यामेरा भने १३ मेगा पिक्सेलको रहेको छ । कम लाईटमा पनि फोटोलाई राम्रो पार्न यसको एपार्चर २ दशमलब शुन्य रहेको छ भने फोटोलाई आकर्षक देखाउन केही मोडहरु पनि रहेको छ । यो क्यामेराले भिडियो ३० फ्रेम प्रति सेकेण्डमा खिच्न सक्छ ।
तिन फरक रंगमा आएको यो सेटको नेपाली बजार मुल्य २० हजार ९ सय ९० रुपैंया रहेको छ ।





























प्रतिक्रिया