फेसवुकले ल्याउन लाग्यो ओक्युलस गो भिआर सेट

फेसवुकले ल्याउन लाग्यो ओक्युलस गो भिआर सेट

केन्द्रबिन्दु
0
Shares

क्यालिफोर्निया, ३० असोज । सामाजिक संजालमा विश्वमै अग्रणी रहेको फेसवुकले भर्चुअल रियालिटी हेडसेट ओक्युलस गो भिआर सेटलाई अन्तराष्ट्रिय बजारमा ल्याउने अन्तिम तयारी गरेको जनाएको छ ।

सामाजिक संजालमा भिडियो सेवालाई ल्याउने तयारी गरिरहेको फेसबुकले भिडियो हेर्न, लाईभ प्रोग्राम हेर्न र भिडियो खेल्न रुचाउनेहरुलाई लक्षित गरेर ओक्युलस गो भिआर सेटलाई ल्याउन लागेको हो ।

अन्य भिआर सेटको तुलनामा यो सेट भने फरक रहेको फेसवुकले जनाएको छ । आफ्नो पछिल्लो भर्जनको ओक्युलस रिफ्टको तुलनामा यसको संचालन प्रकृया नै फरक रहेको जनाएको छ । यो भिआर सेटमा काम गर्न स्मार्टफोनको प्लग इन वा पर्सलन कम्प्युटरको आवश्यक्ता भने पर्दैन ।

क्यालिफोर्नियामा आयोजना भएको ओक्युलस कनेक्टलाई सम्बोधन गर्दै फेसवुकका संस्थापक मार्क जकरबर्गले भने– यो सर्वाधिक प्रयोगकर्ताले रुचाउने र बिक्रि हुने सेटको रुपमा प्रस्तुत हुनेछ । यो सेटमा सिन क्लियरेन्सका लागि हाई रिजोलुसन फाष्ट स्विच एलसिडी स्क्रिन रहेको छ । यसले स्क्रिन डोर इफेक्टमा काम गर्न मद्धत गर्छ । यो हेडसेटमा क्यामेरा रहेको छ जसले वरिपरीको माहौल र नजिक रहेको डिभाइसका बारेमा प्रयोगकर्तालाई जानकारी दिन्छ । सेटमै रहेको हेडफोनले प्रयोगकर्तालाई थप रोमान्चक बनाउनुका साथै अन्य
यूर्जससंग कुनै पनि कुरा सेयरीङ गर्न पनि सहयोग गर्छ ।

मार्क जकरबर्गले यो सेट आगामी बर्ष कुनै बेला सार्वजनिक हुने बताए । अहिले परिक्षणको रुपमा रहेको यो सेटको अन्तराष्ट्रिय बजार मुल्य करिव २ हजार नेपाली रुपैंया पर्ने बताईएको छ । एजेन्सी

Logo