नोकिया ८ पहिलो एण्ड्रोइड स्मार्ट फोन

नोकिया ८ पहिलो एण्ड्रोइड स्मार्ट फोन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २ भदौं । विण्डोज् अपरेटिङ सिस्टममा खासै लोकप्रियता पाउन नसकेको नोकियाले एण्ड्रोइड अपरेटिङ सिस्टम भएको पहिलो स्मार्टफोन नोकिया ८ लाई लण्डन मार्फत् अन्तराष्ट्रिय बजारमा सार्वजनिक गरेको छ ।

पुरै एल्मुनियम बडी भएको यो सेटको मुख्य विशेषता भनेको यसमा रहेको डुएल साईट भिडियो फिचर पनि हो । यो सेटमा रहेको फ्रन्ट क्यामेरा र रिअर क्यामेरालाई एकैपटक प्रयोग गरेर फोटो र भिडियो खिच्न सकिन्छ । यो किसिमको सुविधा भएको मोवाइल फोन अहिलेसम्म अन्तराष्ट्रिय बजारमा आएको छैन । यो सुविधाको माध्यमले कुनै पनि प्रयोगकर्ताले एकै पटक फेसबुक र युट्युवमा लाइभ गर्न सक्छन् । मोवाइलको स्क्रिनमा दुबै तर्फको भिजुएल एकै पटक अउने हुनाले पनि भिडियो कन्टेन्टहरु बनाउनेलाई यो मोवाइल फोन उपयोगी रहेको देखिन्छ ।

५ दशमलब ३ इन्चको क्युएचडी डिस्प्ले रहेको यो सेटको २ वटा रिअर क्यामेरा १३ मेगापिक्सेलको रहेको छ भने फ्रन्ट क्यामेरा पनि १३ मेगापिक्सेलकै रहेको छ । यो सेटको निर्माता नोकियाले पनि आफ्ना प्रयोगकर्तालाई गुगलले जस्तै अनलिमिडेट स्टोरेज दिने जनाएको छ ।

एण्ड्रोइड नुगट को ७ भन्दा माथिको भर्जन रहेको यो सेटमा क्वालकम प्रोसेसर स्न्यापड्रागन रहेको छ । ४ जिवी र्‍याम र ६४ जिवी इन्टरनल स्टोरेज रहेको यो सेटले २ सय ५६ जिवी मेमोरी सपोर्ट गर्छ ।

फोर जी एलटिइ नेटवर्क सर्पोट गर्ने यो सेट सिंगल र डबल सिम सर्पोट गर्नेमा रहेको छ । ४ रंगमा रहेको यो सेटको ब्याट्रि क्षमता ३०९० एमएएच रहेको छ । अन्तराष्ट्रिय बजारमा यो सेटको मुल्य ७२ हजार रुपैंया पर्ने गरेको छ ।

Logo