एण्ड्रोइड ओमा के छ

एण्ड्रोइड ओमा के छ

केन्द्रबिन्दु
0
Shares

क्यालिफोर्निया, २७ साउन । गुगलले बजारमा ल्याउन लागेको एण्ड्रोइड ओको सम्पूर्ण तयारी पुरा गरेको जनाएको छ । एण्ड्रोइड ओलाई एण्ड्रोइड अक्टोपस पनि भनिन्छ । यो मोवाइल अपरेटिङ सिस्टमलाई अगष्ट महिनामै सार्वजनिक गर्ने तयारी गरेको छ ।

गुगलले यो अपरेटिङ सिस्टमलाई बजारमा ल्याउनु भन्दा अगाडी बिभिन्न एप डेभलपरहरुलाई रिभ्यू गर्न लगाएको थियो । चौथो पटक रिभ्यू गर्दा पनि गुगलले त्यसलाई अन्तिम रुप दिएको थिएन ।

एण्ड्रोइड भर्जनमा यसअघि आएका अपरेटिङ सिस्टमहरुको नाम मिठाईको नाममा आएको थियो । तर यसपटक गुगलले एउटा जीवको नाममा अपरेटिङ सिस्टम ल्याउने घोषणा गर्दा धेरैले अनौठो मानेका थिए ।

एण्ड्रोईड ओमा अटोफिललाई राम्ररी सदुपयोग गरिएको छ । अटोफिलका प्रयोगकर्ताले मोवाइलमा रहेको डाटालाई स्टोर गरेर अर्को एप मार्फत् प्रयोग पनि गर्न सक्छन् । यो फिचरमा प्रयोगकर्ताले एउटा एप चलाउदै अर्को एप मार्फत् फिल्म पनि एकैसाथ हेर्न सक्छन् ।

यो अपरेटिङ सिस्टममा हाई क्वालिटीको अडिको कोडेक्सको सुविधा रहेको छ । यसमा वाईफाईको सुविधालाई पनि फरक गरिएको छ । वाईफाई अवेर फिचरले बिना इन्टरनेट एक्सेस प्वाईन्ट मार्फत् अर्को डिवाइससंग संचार सम्पर्क राख्न सकिन्छ ।

यसमा अनलाईन ट्रान्जेक्सनलाई पहिलोको तुलनामा सजिलो बनाईएको छ । (एजेन्सी)

Logo