गुगलले डेस्कटपको इन्स्टेन्ट सर्च बन्द गर्ने

गुगलले डेस्कटपको इन्स्टेन्ट सर्च बन्द गर्ने

केन्द्रबिन्दु
0
Shares

क्यालिफोर्निया, २६ साउन । सर्च इन्जिनमा विश्वमै अग्रणी रहेको गुगलले मोवाइलका प्रयोगकर्ताहरुको संख्या बढ्दै गएपछि डेस्कटपमा रहेको इन्स्टेन्ट सर्चको फिचरलाई बन्द गर्ने घोषणा गरेको छ ।

सन् २०१० देखि शुरु भएको यो फिचरलाई डेस्कटपका प्रयोगकर्ताहरुले निकै रुचाएका थिए । पछिल्लो पटक इन्टरनेटका अधिकांश प्रयोगकर्ताहरु मोवाइलमा गएको कारण गुगलले यो अप्सनलाई महत्वपूर्ण नदेखेको हो । सन् २०१५ देखि डेस्कटपको तुलनामा मोवाइलमा हुने सर्चको संख्या बढी हुदैं गएको गुगलले जनाएको छ ।

गुगलका प्रवक्ताका अनुसार डेस्कटपका प्रयोगकर्तालाई कुनै पनि कुरा खोज्न गुगलले कुनै एउटा अल्फावेट हान्दा सोही अल्फावेटसंग मेल खाने र वर्ड हान्दा खोज्न चाहेका कुराहरु तुरुन्त अप्सनको रुपमा तल्लो भागमा लस्करै देखाएर प्रयोगकर्तालाई सजिलो बनाएको थियो । तर मोवाइलमा प्रयोगकर्ताहरु बढेपछि हामीले नयाँ ढंगले काम गर्नलाई पनि यो सेवालाई डेस्कटपवाट विदा लिने सोचाई बनाएको बताए । तर पनि गुगलले डेस्कटपका प्रयोगकर्तालाई तत्काल निराश नबनाउने पनि जनाएको छ । गुगलले सर्च गर्दा सुझाव भने दिईनै रहन्छ । तर रिज्लटमा आउने कुरालाई भने तपाई आफैंले क्लिक गर्नु भने पर्छ । (एजेन्सी)

Logo