यसरी सिकौं एपबाटै भाषा

यसरी सिकौं एपबाटै भाषा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २३ साउन ।

सूचना र प्रविधिको क्षेत्रमा आउँदै गरेको परिवर्तनले स्मार्टफोनलाई साँच्चीकै स्मार्ट उपकरणका रूपमा लगिरहेको छ । यदि यसको प्रयोग तपाईले स्मार्ट कामका लागि गर्नुभयो भने त्यो स्मार्ट भयो, होइन भने तपाईले प्रयोग गरिरहनु भएको स्मार्टफोन केवल मोबाइल फोनका रूपमा मात्र रहन्छ ।

स्मार्टफोनको प्रयोग बढ्नुमा एपको पनि भूमिका छ । अहिले विभिन्न एप स्टोरहरूमा लाखौं किसिमका एप छन्, जसका कारण प्रयोगकर्ताले सही एपको छनोट गर्न मात्र द्विविधा हुने गरेको छ । आज हामी तपाईलाई एप स्टोरमा भएका यस्ता एपका बारेमा चर्चा गर्ने छौं जसले गर्दा तपाईसँग रहेको स्मार्टफोनका मद्दतले तपाईले धेरै देशका भाषा सजिलै सिक्न सक्नुहुनेछ ।

ड्रप्स (Drops)

यो एपको स्लोगन नै छ ‘न पढ्नु पर्ने, न टाइप गर्नु पर्ने केवल दिनको पाँच मिनेट दिए पुग्ने’ । यो एपले ब्याकरण जस्तो जटिल विषयमा प्रवेश नगराई संज्ञाको माध्यमबाट बोलीचालीको भाषा सिकाउन मद्दत गर्छ । यो एपमा रहेका विभिन्न च्याप्टरमा १ सय २० शब्दसम्मको समूह विभाजन गरिएको छ, जसमा प्रयोगकर्ताले खानपानको नाम, स्थान, नम्बरहरू बताउँछन् । यसमा प्रयोगकर्तालाई अझ राम्रारी आओस् भनेर चित्रसहित व्याख्या गर्ने सुविधा पनि छ ।

डोलिङ्गो (Duolingo)

निःशुल्क रुपमा पाइने यो एपले २३ किसिमका भाषा सिकाउने गर्छ । शब्दकोष र ब्याकरणको शैलीमा सिकाउने यो एप उपयोगी भए पनि बुझ्नलाई झन्झटिलो छ । यही झन्झटपनलाई पार गर्नु भयो भने तपाईले धेरै भाषामा आफ्नो पकड पनि बनाउन सक्नुहुन्छ ।

बुसू (Busuu)

यो एपले तपाईलाई विभिन्न भाषा बोल्नका लागि अभ्यास पनि गराउने गर्छ । यो एपको प्रयोग गरेर तपाईले कुनै विदेशी भाषा बोल्नुभयो र त्यसको उच्चारण कत्तिको मिल्छ मिल्दैन भनेर सोही भाषाको प्रयोगकर्ताले सुनेर सिकाउने गर्छन् । यो एपका धेरै फिचर प्रयोग गर्नुपरेमा शुल्क भने तिर्नु पर्छ ।

मेमराइज (Memrise)

यो एपले भाषा सिकाउनुका साथै प्रयोगकर्तालाई मनोरञ्जन पनि दिने गराउने गर्छ । यो एपमा तपाईले भाषा सिक्नुभयो भने तपाईलाई ग्रेड पनि दिने गर्छ भने सही जवाफ दिनुभयो भने तपाईले प्वाइन्ट पनि पाउनुहुन्छ ।

(एजेन्सीको सहयोगमा)

 

Logo