जासुसी गर्ने एपलाई गुगलले हटायो

जासुसी गर्ने एपलाई गुगलले हटायो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १३ साउन । एप मार्फत् प्रयोगकर्ताहरुको जासुसी गर्दै आएको २० वटा एप्सहरुलाई गुगलले आफ्नो प्लेस्टोरवाट हटाएको छ । यो एपले प्रयोगकर्ताको इमेल, टेक्स, भ्वाईस कल, लोकेसन लगायत विभिन्न कुराको जासुसी गर्नेे गरेको थियो ।

केही एप निर्माता कम्पनीहरुले प्रयोगकर्ताहरुको ब्यक्तिगत जानकारी लिन एपमा लिपिन्ज्जा नामको स्पाईवेयर राख्ने गरेका थिए । यसले पुरानो मोडलको एण्ड्रोइड फोनको कमजोर सेक्युरिटीको फाइदा उठाउदैं मोवाइल मार्फत् प्रयोगकर्ताहरुको जानकारी एकत्रित गर्ने गरेको थियो ।

गुगलले हालै आफ्नो ब्लग मार्फत् जानकारी गराउदैं यस्ता एपमा रहेको एउटा कोड मार्फत् प्रयोगकर्ताको जानकारी एकत्रित गर्ने गरेको थियो भन्ने जनाएको छ । यो एपले कल रेकर्डिङ गर्ने, मोवाइलमा रहेको माइकवाटै रेकर्डिङ गराउने, प्रयोगकर्ताको लोकेसन बताईदिने, मोवाइलमा रहेको फोटोहरु लिने, मोवाइलमा रहेको कन्ट्याक नम्बरहरु लिने, एसएमएस लिने र मोवाइलमा रहेका विभिन्न डाटाहरुको जानकारीहरु लिएर संकलन गर्दै आएको थियो । प्रयोगकर्ताले थाहा नै नपाउने यो स्पाईवेयरले यो वाहेक जीमेल, ह्यांगआउट, मेसेन्जर, वाट्सएप, भाइबरको मेसेजहरु पनि पढ्ने गरेको थियो ।

गुगलका अनुसार पहिलो चरणमा यो एपलाई ब्लक गरेपनि केही पछि उक्त एपले आफ्नो फम्र्याटलाई परिवर्तन गरेर प्लेस्टोरमा पून: आएको थियो । यो एपलाई ब्लक गर्दा यो क्लिनर, नोटप्याड, साउण्ड रेकर्डर र मेसेज अर्लाम एप जस्तो भएर बसेको थियो । लिपिन्ज्जा एक किसिमको मल्टि स्टेज स्पाईवेयर रहेको कारण यो विभिन्न जानकारीहरु हुने भागमा प्रबेश गर्छ । गुगलले अहिले त्यस्ता एपहरुलाई पूर्ण रुपमा ब्लक गरेको जनाएपनि उनीहरु अन्य एपको रुपमा आउन सक्ने तर्फ सचेत समेत गराएको छ । यसवाट बच्न गुगलले एण्ड्रोइड प्रयोगकर्तालाई गुगल प्ले स्टोरवाट एपहरु डाउनलोड गर्ने र अरु माध्यमवाट एपहरु डाउनलोड नगर्न सचेत समेत गराएको छ । (एजेन्सी)

Logo