सेल्फीलाई आकर्षक बनाउने एप्सहरू

सेल्फीलाई आकर्षक बनाउने एप्सहरू

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १० साउन ।

स्मार्टफोनमा रहेको फ्रन्ट क्यामेरा र फेसबुकले दिएको अनलिमिटेड फोटो अपलोडको सुविधाले सेल्फीको क्रेज अत्यधिक बढिरहेकोे छ । सेल्फीको क्रेज बुझेरै कतिपय स्मार्टफोन कम्पनीहरूले फ्रन्ट क्यामेरालाई बढी क्षमताको पनि बनाएका छन् भने एप निर्माताहरू पनि सेल्फीलाई अझ आकर्षक बनाउने होडमा पनि लागेका छन् ।
अहिले गुगलको प्ले स्टोर र आइओएसमा धेरै सेल्फी एप्सहरू रहेका छन् । तीमध्ये आकर्षक सेल्फी खिँच्ने केही एपहरूको प्रयोग गरेर तपार्इंले आफूलाई अझ सुन्दर बनाउन सक्नुहुने छ ।

बी ६१२ – यो एपले सेल्फीमा रियल टाइम इफेक्टहरू दिने सुविधा राखेको छ । यो इफेक्टमा प्रयोगकर्ताले आफ्नो अनुहारमा र वरिपरी विभिन्न किसिमका इफेक्टहरूको छनोट गर्न पाउँछन् । यदि प्रयोगकर्तालाई इफेक्टहरू मन पर्दैन तर फोटोलाई आकर्षक देखाउन मन लाग्छ भने यसमा रहेका फिल्टरहरूको प्रयोग गरेर फोटोलाई अलग रूप दिन पनि सकिन्छ ।

यो एपमा अटो सेभको सुविधा पनि रहेको छ । यसले गर्दा खिँचेको फोटोलाई सुरक्षित राख्न पनि सकिन्छ । यो बाहेक यसमा फरक–फरक रेसियोमा पनि फोटो खिँचेर कोलाज बनाउन सकिन्छ । यस्तैगरी तपार्इंले पहिला खिँचेको फोटोमा इफेक्ट दिन मन लाग्छ भने ग्यालरीको फोटोलाई यो एपमार्फत् विभिन्न इफेक्टहरू पनि दिन सकिन्छ ।

युक्याम फन
यो एपमा फोटो र भिडियोलाई रियल टाइममै इफेक्ट दिएर खिँच्न मिल्छ । यो एपलाई खोल्ने बित्तिकै धेरै किसिमका अप्सनहरू आउने गर्छन् । जस्तो– स्किअर, फेसन मोडल, फन्नी फेस, वन्डर वुमन आदि ।

योबाहेक रिअर क्यामेराबाट खिँचेको तस्बिरलाई पनि विभिन्न इफेक्ट दिएर आकर्षक बनाउन सकिन्छ । यो एपले भिडियोमा पनि सेल्फी अप्सन दिएको छ, जसमा १५ सेकेण्डसम्म भिडियो सुट गरेर एडिट गर्ने सुविधा रहेको छ ।

स्विट सेल्फी 
यो एपले आफ्ना प्रयोगकर्तालाई तस्बिरमा तारा झरेको, हिउँ परेको, म्युजिकल नोट, झर्दै गरेको गुलाबको फुल वा पात जस्ता धेरै किसिमका इफेक्टहरू प्रयोग गर्न दिन्छ । यो एपको प्रयोग गरेर फोटो खिँच्दा प्रयोगकर्तालार्ई ब्याकग्राउन्डको अप्सन पनि रहेको छ ।

यसमा फोटोलाई कोलाज गर्ने, रिअर क्यामेराबाट खिँचेको फोटोमा फिल्टर राख्न मिल्छ भने अनुहारलाई राम्रो देखाउने चार किसिमको अप्सनहरू रहेका छन् । यदि यो अप्सनले पनि चित्त नबुझेमा खिँचेको फोटोलाई अझ बढी एडिट गर्ने सुविधाहरू समेत यो एपले दिएको छ ।

क्यान्डी क्यामेरा
यो एपमा पनि फोटोे फिल्टरहरूका धेरै किसिमका विविधताहरू छन् । यसमा फोटोमा लिपिस्टिक, दा“तलाई सेतो बनाउने लगायत धेरै किसिमका ब्युटी फिचरहरू रहेका छन् । यो एपले धेरै फोटोहरूलाई एउटै कोलाजको रूपमा प्रस्तुत पनि गराउन सक्छ ।

सेल्फीमै रहेको फेसलिफ्ट अप्सनले आफूलाई पातलो वा अग्लो कस्तो देखाउने हो त्यो सुविधा समेत रहेको छ । यसमा रहेको भिडियो अप्सनमा पनि भिडियो रेकर्ड गर्नु भन्दा अगाडि आफूले चाहेका अप्सनहरूलाई छनोट गरेर आकर्षक भिडियो तयार गर्न सकिन्छ ।

Logo