कान कम सुन्नेका लागि मोवाइल एप

कान कम सुन्नेका लागि मोवाइल एप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, साउन ६ । सामान्य अवस्थामा कान कम सुन्नेहरुलाई मोवाइल फोनमा कुराकानी गर्नु साह्रै झंझटिलो हुन्छ । फोन गर्ने र फोन उठाउने दुबैलाई हुने यही समस्याको समाधान गर्न नयाँ एप आएको छ ।

नर्वेको रिसर्च अर्गनाईजेसन सिन्टिफले नौलो स्पिच एप्लिकेसन्स टेक्नोलोजीको प्रयोग गर्दै मोवाइल इयर्स नामक एपलाई ल्याएको छ । यो एपको प्रयोग गरेर फोन गर्दा कान कम सुन्ने ब्यक्तिले मोवाइलमा स्पष्टसंग कुराकानी गर्न सक्छ । यो एपले वरिपरीको ब्याकग्राउण्ड साउण्डलाई कम गरेर फोनमा आएको साउण्डलाई स्पष्टसंग सुनाउन सक्छ ।

पहिलो चरणमा आईओएसमा आएको यो एपलाई एप स्टोरवाट निशुल्क डाउनलोड गर्न सकिने बनाइएको छ । एप स्टोरवाट डाउनलोड गरेपछि यसलाई चलाउन आफ्नो उमेर र लिंग खुलाए हुन्छ । यो गरेपछि एपले आफ्नो प्रोग्रामलाई अप्टिमाइज गर्छ । अनि प्रयोगकर्ताले आफ्नो आवश्यक्ता अनुसार साउण्डलाई बढाउने र घटाउने गर्न सक्छन् ।

मोवाइल इयर्स एपको निर्माताका अनुसार विश्वमा धेरै कान कम सुन्नेहरुलाई मोवाइल फोन झंझटिलो साधनको रुपमा रहेकै कारण यो एपको निर्माण गरिएको हो । यो एपले धेरै हदसम्म उनीहरुको मोवाइलमा कम सुन्नेहरुको समस्यालाई समधान गर्ने छ । यो एपले वान टु वानको कुराकानीलाई मात्र नभएर ग्रुपमा बसेर गर्ने कुराकानीलाई पनि सहज बनाउने बताइएको छ । (एजेन्सी)

Logo