लाखौं पर्ने मोवाइल उत्पादन गर्ने कम्पनी बन्द हुदै

लाखौं पर्ने मोवाइल उत्पादन गर्ने कम्पनी बन्द हुदै

केन्द्रबिन्दु
0
Shares

विश्वकै महंगो मोवाइल फोन निर्माता कम्पनी भच्र्यू बन्द हुने अवस्थामा पुगेको छ ।

बहुमुल्य धातु, पदार्थ र बस्तुहरुको प्रयोग गरी हातले मोवाइल फोन निर्माण गर्ने कम्पनीको रुपमा ख्याती कमाएको भच्र्यू प्रतिस्पर्धी बजारमा उत्रन नसकेको कारण बन्द हुने अवस्थामा पुगेको हो ।

हिरा, सुन, जवाहरत र लोपोन्मुख जनावरको छाला प्रयोग गरेर वान पिस फोन निर्माण गर्ने यो कम्पनीले बजारमा पाईने अन्य मोवाइल फोनसंग प्रतिस्पर्धा गर्न नसकेको बताईन्छ । कम्पनीका अनुसार भच्र्यूका मोवाइल फोन सेटको मुल्य १४ लाख रुपैंयावाट शुरु भएर औसत ५० लाख रुपैंयासम्म पर्ने गर्छ । प्रयोगकर्ताको माग अनुसार अरु बस्तुहरु थप्दा मोवाइलको मुल्य करोड रुपैंया पर्ने सम्मको बनाउने गरेको थियो ।

एण्ड्रोइड अपरेटिङ सिष्टममा चल्ने यो मोवाइल सेटको विकल्पमा अरुले सस्तोमा धेरै सुविधाहरु दिन थालेपछि यसको लोकप्रियतामा कमी आएको देखिन्छ । बजारमा प्रतिस्पर्धा गर्न कम्पनीले विभिन्न योजनाहरु ल्याएपनि सफल हुन नसकेपछि अहिले कम्पनीले कर्मचारीहरुलाई विदा दिन थालेको छ ।

भच्र्यूको स्थापना सन् १९९८ मा नोकियाले गरेको थियो । सन् २०१२ मा नोकियाले यो कम्पनीलाई बेचिदियो । नयाँ खरिदकर्ताले नोकियाको अपरेटिङ सिष्टममा चल्ने यो सेटलाई परिवर्तन गरेर एण्ड्रोइड भर्जनमा लिएर गए । बेलायतमा रहेको यो कम्पनीको मालिका चिनियाँ ब्यापारी रहेका थिए । उनले यो कम्पनीलाई केही महिना अगाडी टर्किस ब्यवसायीलाई बिक्रि गरेका थिए । (एजेन्सी)

Logo