पहिलो पटक रेकर्ड भयो मंगलग्रहको आवाज

पहिलो पटक रेकर्ड भयो मंगलग्रहको आवाज


फेब्रुअरी २०२१ देखि मंगल ग्रहको सतहको सर्वेक्षण गरिरहेको नासाको पर्सेभेरेन्स रोभरले पहिलो पटक मंगल ग्रहको वातावरणमा भएको आवाज रेकर्ड गरेको छ।

टुलुज तेस्रो विश्वविद्यालयका एक प्राज्ञिकको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय टोली १ पल सबाटियर सम्मिलित वैज्ञानिकहरूको समूहले मंगलग्रहमा रेकर्ड गरिएको ध्वनीहरूको विश्लेषण गरेका हुन् । त्यो रिसर्चको नतिजा फ्रान्समा निर्माण गरिएको सुपरक्याम उपकरण प्रयोग गरेर प्राप्त भएको थियो । फ्रान्सेली अन्तरिक्ष एजेन्सी नेसनल सेन्टर फर स्पेस स्टडीमा (सीएनइएस) काम गर्ने वैज्ञानिकहरुको टोलीले सो निष्कर्ष गत अप्रिल १ मा प्रकाशित गरेका छन् । 

५० वर्षदेखि विभिन्न अनुसन्धानकर्ताहरुले मंगल ग्रहको सतहका हजारौं आकर्षक तस्बिरहरू लिए । तर यसभन्दा पहिलेका कुनै पनि अनुसन्धानमा आवाज रेकर्ड गरिएको थिएन । तर पर्सेभेरेन्स रोभरले पहिलो पटक मंगल ग्रहको आवाज रेकर्ड गरेर इतिहास कायम गरेको छ। पर्सेभेरेन्स रोभरलले पहिलो पटक फेब्रुअरी महिनामा रातो ग्रह(मंगल)बाट आवाज रेकर्ड गरेका थिए । यो रिसर्चभन्दा पहिले वैज्ञानिकहरुले मंगलग्रह निकै शान्त भएको खुलासा गरेका थिए । यति शान्त कि वैज्ञानिकहरूले सोचे पर्सेभेरेन्स रोभरलको माइक्रोफोनले काम गरेकै छैन । 

सो अनुसन्धानले मंगल ग्रहमा आवाजको गति पृथ्वीको तुलनामा कम देखाएको छ पृथ्वीमा आवाजको गति ३४० एम/एस छ भने मंगलग्रहमा २४० एम/एस छ । 

सबैभन्दा अचम्मको कुरा के छ भने मंगल ग्रहमा दुईवटा आवाजको गति रहेको पत्ता लागेको छ। अनुसन्धानले मंगलमा आवाजको तिखोपन पृथ्वीको तुलनामा बढिरहेको देखाएको छ। पर्सेभेरेन्स रोभरलले मिसनको एक वर्षपछि पाँच घण्टा लामो रेकर्डिङ गरेको थियो।एजेन्सी

Logo