अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सूर्यबाट निस्केको खतरनाक सौर्य आँधी बुधबार पृथ्वीमा आउन सक्ने र यसका कारण पृथ्वीको चुम्बकीय क्षेत्रमा गहिरो प्रभाव पर्ने चेतावनी दिएको छ ।
यसैबीच, यो पनि रिपोर्ट छ कि, यो हप्ता पृथ्वीको वरिपरि एक सौर्य आँधि आउने भएको छ । जसका कारण धेरै भु—उपग्रहहरू (स्याटलाइट)मा गहिरो प्रभाव पर्न सक्ने वैज्ञानिक बताउछन ।
अन्तरिक्ष विज्ञहरूका अनुसार पृथ्वीलाई घेरेर बसेको सोलार आँधी केही दिनअघि सूर्यबाट आएको सर्प आकारको विकिरण लहर हो र यो हाम्रो पृथ्वीसम्म आईपुगेको छ ।
अन्तरिक्ष मौसम अनुसन्धानकर्ता डा. तमिथा स्कोभले हालै गरेको भविष्यवाणी अनुसार सूर्यबाट निस्केको एउटा विशाल सौर्य आँधी जुलाई २० अर्थात आज साँझसम्म पृथ्वीमा आउने बताइएको छ ।
विश्वभरका सौर्य वैज्ञानिकहरूले यो सौर्य आँधीलाई निरन्तर निगरानी गरिरहेका छन् र वैज्ञानिकहरूले भनेका छन् । रिपोर्टका अनुसार सौर्य आँधीका कारण १५ जुलाईका दिन अमेरिकाका धेरै ठाउँमा रेडियो सिग्नलहरू प्रभावित भएको थियो ।
जुलाई २० अर्थात बुधबार नासाले यस सौर्य आँधीको बारेमा चेतावनी जारी गर्दै सौर्य आँधीको ज्वालाले साँझमा महत्वपूर्ण रेडियो र जिपिएस सिग्नल अवरोध हुन सक्नेचेतावनी दिएको छ ।





























प्रतिक्रिया