प्रचण्ड-नेपालपक्षको आम-हड्ताल : निर्धक्क भएर पेशा व्यवसाय संचालन गर्न गृह मन्त्रालयको अपील

प्रचण्ड-नेपालपक्षको आम-हड्ताल : निर्धक्क भएर पेशा व्यवसाय संचालन गर्न गृह मन्त्रालयको अपील

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गृह मन्त्रालयले बिहीबार निर्धक्क भएर आफ्नो पेशा व्यवसाय संचालन गर्न आम नागरिकलाई आग्रह गरेको छ। नेकपा प्रचण्ड–नेपाल समूहले आजका लागि आम-हड्तालको घोषणा गरे लगत्तै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले दैनिक रूपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने बताएको छ । यातायात व्यवसायी लगायत सबै व्यवसायीलाई निर्धक्क भएर आ–आफ्नो उद्योगधन्दा पेशा व्यवसाय सञ्चालन गर्न मन्त्रालयले अनुरोध गरेको हो ।

‘नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) को नामबाट विविध विषय उठाई बिहीबार देशव्यापी आमहडताल आह्वान गरिएको भनी सार्वजनिक भएको प्रेस वक्तव्य उपर गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ’, नेपालको संविधान तथा प्रचलित कानून विपरित शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोध लगायतका अवाञ्छित गतिविधि नगर्न नगराउन तथा संविधान प्रदत्त हकको निर्वाध उपभोग गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्न सम्बद्ध पक्षसँग अनुरोध गरेको छ।’

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा आम नागरिकबाट प्रचलित कानुनको पालना गरी शान्ति सुव्यवस्था कायम गराउने कार्यमा सदाझैं निरन्तर सहयोगको लागि समेत अपील गरिएको छ।

मन्त्रालयले शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानून बमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ। विज्ञप्ति यस्तो छ :

 

 

 

Logo