उभौली पर्वका अवसरमा मन्त्री भट्टराईको शुभकामना

उभौली पर्वका अवसरमा मन्त्री भट्टराईको शुभकामना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संस्कृती पर्यटन तथा नागरीक उडड्यन मन्त्री योगेश भट्टराईले किराँत समुदायको महान् सांस्कृतिक पर्व उभौलीका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन् , ‘नेपालका आदिवासी जनजाति किराँत समुदाय (राई, लिम्बु, याक्खा, सुनुवार, थामी, जिरेल, हायु) को महान् सांस्कृतिक पर्व उभौलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका किराँत दिदीबहिनी तथा दाजुभाइ लगायत सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

प्रकृति पूजा किराँती समुदायको विशिष्ट सांस्कृतिक परम्परा हो । वसन्त ऋतुको आगमनसँगै खेतीपाती लगाउने समयमा कुनै प्राकृतिक विपत्ति आइ नलागोस्, बालीनाली राम्रो होस् भन्ने कामनासहित प्रकृतिको पूजा गरेर यो पर्वलाई भव्यताका साथ मनाउने प्रचलन रहदै आएको मन्त्री भट्टराईद्वारा जारी शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

मौसमको परिवर्तनसँगै आफूले पालेका पशुहरुको बथानलाई चिसो स्थान (उभो) लेकतिर गोठ सार्ने परम्परा पनि उत्तिकै विशिष्ट छ भन्दै उनले स्वादिष्ट परिकारहरु र नाचगानसँगै खेतीपाती र गोठ सञ्चालन गर्ने यो पर्वको परम्पराले सामूहिक श्रमको उत्कृष्ट प्रचलनलाई समेत सदैव स्मरण गराइरहेको बताएका छन् ।

‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण यो बर्ष उभौली पर्व पनि प्रभावित भएको छ । नेपाल सरकारले जारी गरेको बन्दाबन्दीलाई पालना गर्दै आ–आफ्नै घरमा सुरक्षित ढंगले उभौली पर्व मनाउन सम्बद्ध सबैमा अनुरोध गर्दछु ।’- उनले भनेका छन् ।

उभौली पर्व–०७७ ले नेपालीहरुका बीचमा स्थापित सांस्कृतिक तथा धार्मिक सद्भावलाई अझ बलियो बनाउन सहयोग पुग्ने मन्त्री भट्टराईको विश्वास छ ।

Logo