त्रिभुवन विमानस्थललाई ६ महिनाभित्र बुटिक विमानस्थल बनाउन पर्यटनमन्त्रीको निर्देशन

त्रिभुवन विमानस्थललाई ६ महिनाभित्र बुटिक विमानस्थल बनाउन पर्यटनमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउन भइरहेका बाँकी सबै काम ६ महिनाभित्र सक्न निर्देशन दिएका छन् । आज त्रिभुवन विमानस्थलमा सरोकारवालाहरुलाई राखेर उनले कामका विविध क्षेत्रहरुको मिति नै तोकेर ती काम तोकिएको मितिमा सक्न कडा निर्देशन दिएका हुन् ।

मन्त्रालयका सचिव केदारबाबु अधिकारी, सहसचिव रुद्रसिं तामाङ, सहसचिव बुद्धिसागर लामिछाने, नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहितको उपस्थितिमा, त्रिभुवन अन्तराष्टिय« विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसी, आयोजनाका प्रमुख मुरारी भण्डारी लगायतलाई एकै ठाऊँमा राखेर मन्त्री भट्टराइले बैशाख १३ गतेभित्र पार्किङ वे, निर्माणधिन नयाँ आवागमनकक्षको सम्पूर्ण काम चैत २१ गते भित्र, निर्माणधिन नयाँ प्रस्थानकक्षको काम चैत १ गतेभित्र सक्न निर्देशन दिएका हुन् ।

त्यस्तै, एसियाली बिकास बैंकसँगको सहकार्यमा निर्माण गर्न लागिएको आइसिपी सबै काम ३ वर्षभित्र, प्यारालाल टयाक्सी वेको निर्माणका लागि आगामी तीन महिनाभित्र, कनभेयर बेल्टको निर्माण कार्य आगामी जेठ महिनाभित्र सक्ने उनले समयसीमा तोकेका छन् ।

Logo