पर्यटन प्रवर्द्धन गर्न विभिन्न चार कार्यक्रम

पर्यटन प्रवर्द्धन गर्न विभिन्न चार कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल पर्वतारोहण संघले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने गरी एकैपटक विभिन्न चार कार्यक्रम गर्ने भएको छ ।

संघले मंगलबार पत्रकार सम्मेलन गरी पर्यटन वर्ष २०२० को प्रचार प्रसार र नेपालका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनका लागि कार्यक्रमहरु आयोजना गर्न लागिएको जानकारी दिएको छ । संघका अध्यक्ष सन्तवीर लामाले आगामी फेब्रुअरी १ देखि १० गते मनाङमा ‘दोस्रो आइस क्लाम्बिङ फेस्टिभल २०२०’ आयोजना गरिने बताए । त्यस्तै फेब्रुअरी १ र २ मा पासाङ ल्हामु स्पोर्टस क्लाम्बिङ सेन्टरमा ‘सातौं पार्क योङ्ग सिओक वाल क्लाम्बिङ कम्पिटिसन’, फुब्रुअरी ३ देखि ५ सम्म पोखरामा ‘तेस्रो विश्व शान्ती पुजा’ र फेब्रुअरी ५ मा ‘सत्रौं अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयको वार्षिकोत्सव’ आयोजना गर्न लागिएको जानकारी दिए । उनले नेपाली हिमालमा हुने प्राकृतिक प्रकोपलाई बिर्सेर आनन्द लिन र भ्रमण वर्षको प्रचार प्रसारका लागि कार्यक्रमहरुले सघाउ पुर्‍याउने बताए ।

कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० सचिवालयका उपसचिव राजन पौडेलले पर्यटन वर्षको लक्ष्य पुरा गर्न सचिवालयले नेपाल पर्वतारोहण संघसँग सहकार्य गर्न तयार रहको बताए । उनले सचिवालयले एक्लै लक्ष्य पुरा गर्न नसकने बताउँदै संघले ल्याएका कार्यक्रमहरूलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

सबै कार्यक्रममा विभिन्न देशका पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहने छ । त्यस्तै अध्यक्ष लामाले सबै कार्यक्रमले नेपालको पर्यटन क्षेत्र र नेपाल पर्वतारोहण संघको गतिविधिको प्रचार प्रसारमा सहयोग पुर्‍याउने समेत बताए ।

Logo