ताप्लेजुङ्गमा आगामी पुस २८ देखि माघ २ गतेसम्म माघे संघ्रान्तिको अवशर पारेर मामङ्खे महोत्सब हुने भएको छ ।”प्रदेश १ को कक्फेक्वा तङनाम,पर्यटन प्रबर्धनमा हाम्रो अभियान” भन्ने नारा मूल नारासहित महाेत्सव हुन लागेकाे हाे ।
सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गर्ने उक्त महोत्सबमा नेपाल सरकार का पर्यटन मन्त्रि योगेशकुमार भट्टराई, प्रदेश १ का नेकपा संसदीय दल का उपनेता टंक आम्बोहांङ्ग, पूर्व माननीयहरु पासाङ शेर्पा, तिल कुमार मेनेङ्ग्बो, प्रदेश सभा सदस्य बलबहादुर सम्सोहांङ्ग,पूर्व मन्त्रिहरु,पूर्व संसदहरु र विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहनेछ आयाेजक मामङ्खे यूवा समाजले जनाएकाे छ ।
सिरिजंगा गाउँपालिका अन्तर्गत वडा नं १ मा आयोजाना हुने महोत्सबको मुख्य आकर्षक लिम्बु संग्रहालयको अवलोकन का साथै,सास्कृतिक धान नाच, पालुंग नाच ,च्याब्रुंग नाच , हाक्पारे नाच, लगायत गायन तथा नृत्य र झाकीहरुकाे प्रस्तुती रहने छन् । महोत्सब आयोजक समितिका प्रमुख सल्लाहकार चित्र माबोका अनुसार संस्कृति र परम्पराको जगेर्ना र यूवा तथा खेलाडिको क्षमता विकासका लागि समेत यो महोत्सब लाभदायी रहने बिश्वास व्यक्त गरे ।
लिम्बु समुदायका करिव ९० प्रतिशतभन्दा बढि माबो समुदाय रहेको मामान्ग्खेमा लिम्बु सङ्ग्रालय छ भने बिश्वकै सर्बोच्च तेस्रो शिखर कन्चनजंगा जाने पदमार्ग गन्तब्य पनि यहिँ छ। भौगोलिक हिसाबले निकै दुर्गम ठाउँ मानिने मामान्खेमा पर्यटक प्रबर्धन गर्न र सरकारी निकायको ध्यानाकर्षण गर्न पनि महोत्सब आयोजना गरिएको माबोले जानकारी दिए।





























प्रतिक्रिया