सन्दर्भ नेपाल भ्रमण वर्ष : जेनिथ युथ ग्रुपले २५ हजार स्टिकर टाँस्ने

सन्दर्भ नेपाल भ्रमण वर्ष : जेनिथ युथ ग्रुपले २५ हजार स्टिकर टाँस्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर जेनिथ युथ ग्रुपले नेचुरल्ली नेपाल लेखिएको नेपाल भ्रमण वर्षको लोगो अंकित २५ हजार स्टिकरहरु टाँस्ने अभियान थालेको छ ।

ग्रुपले सार्वजनिक सवारी साधन, मोटर साइकल र अन्य साना सवारी साधनमा गरि २५ हजार स्टिकर टाँस्न थालेको हो । हाल सम्म ५ हजार स्टिकर टाँसिसकिएको ग्रुपका प्रबन्ध निर्देशक पियुस बाँनियाले केन्द्रबिन्दुलाई बताए ।

नेचुरल्ली नेपाल लोगोका डिजाइनर उद्ववराज रिमाल हुन् । यस लोगोबाट नेपालको संस्कृति, प्राकृतिक सम्पदा लगायतका दृष्यहरु देखाउने प्रयास गरिएको छ । साथै केहि दिनमै ग्रुपले नेपाल भ्रमणवर्ष लक्षित टिसर्टहरु पनि सार्वजनिक गर्ने बाँनियाले जानकारी दिए ।

Logo