भ्रमण वर्ष २०२० को लागि भव्य तयारी हुँदै

भ्रमण वर्ष २०२० को लागि भव्य तयारी हुँदै

केन्द्रबिन्दु
0
Shares

  • प्रसुन संग्रौला
    काठमाडौँ ।

भ्रमण वर्ष २०२० सुरु हुन अब ५ दिन मात्रै बाँकी छ । नेपाल सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने योजना बनाएको छ । भ्रमण वर्ष तोकेलगत्तै सरकारले विभिन्न खालका तयारीहरू सुरुदेखि नै गर्दै आएको छ ।

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सरकारले जनवरी १ तारिखको दिन काठमाडौँको दशरथ रंगशालामा भव्य शुभारम्भ गर्ने भएको छ । उक्त शुभारम्भ कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीका साथै विभिन्न मन्त्री, विविध राजनीतिक दलका नेताहरू, खेलाडी, कलाकार, व्यवसायी, उद्योगपति र अरु विभिन्न क्षेत्रको व्यक्तिहरूको सहभागिता हुने भ्रमण वर्ष २०२० अभियानका प्रेस संयोजक पिताम्बर सिग्देलले बताए ।

कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न ७ वटा टेलिभिजन, ५० वटा रेडियो स्टेशन र अरू विभिन्न डिजीटल मिडियाहरूले प्रत्यक्ष प्रसारण गर्नेछन् । कार्यक्रम सफल बनाउन पर्यटनसँग सम्बन्धित होटल एसोसियन अफ नेपाल र ट्रेकिङ एजेन्सी एसोसियन अफ नेपाल लगायत पर्यटनसँग सम्बन्धित ३० वटा भन्दा बढी विभिन्न संघसंस्थाहरू पनि सक्रिय हिसाबले लागेका र विभिन्न प्याकेजको व्यवस्था गरेको उनले बताए ।

त्यसैगरी सो कार्यक्रममा विभिन्न मन्त्री, विविध राजनीतिक दलका नेताहरू, खेलाडी, कलाकार, व्यवसायी, उद्योगपति र अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता हुनेछ । कार्यक्रमलाई थप आकर्षित बनाउन नेपाल आर्मी र प्रहरीले नेपाली संस्कृतिहरू झल्काउने गरी विभिन्न खालका प्रस्तुति पनि दिनेछन् त्यसैगरी यस उत्सव रोमाञ्चक बनाउन आतसबाजी पनि हुनेछ ।

दक्षिण एसियाली खेलकुदको शुभारम्भ र समापन समारोहमा देखिएको सुन्दर दृश्यहरू फेरि देखिन पाइनेछन् भनेर सिग्देलले बताए । रंगशालामा हुने कार्यक्रम दिउँसो ४ बजेदेखि ३ घण्टासम्मको लागि चल्नेछ ।

कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने ७ वटा टेलिभजन, ५० वटा रेडियो स्टेशन र अन्य विभिन्न डिजिटल मिडियाहरूले प्रत्यक्ष प्रसारण गर्नेछन् । कार्यक्रम सफल बनाउन पर्यटनसँग सम्बन्धित होटल एसोसियन अफ नेपाल र ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल लगायत पर्यटनसँग सम्बन्धित ३० वटाभन्दा विभिन्न संघसंस्थाहरू पनि सक्रिय हिसाबले लागेका र विभिन्न प्याकेजहरूको व्यवस्था पनि गरेको सिग्देलले बताए ।

त्यसै गरी प्रचार प्रसारलाई थप प्रभावकारी बनाउन पर्यटन बोर्डले भ्रमण वर्ष २०२० सँग सम्बन्धित विभिन्न सामग्रीहरू पनि वितरण गर्दै आएको छ । पर्यटन बोर्डले वितरण गरेको भ्रमण वर्ष २०२० का स्टिकरहरू विभिन्न निजी तथा सार्वजनिक सवारी साधनहरूमा देख्न सकिन्छ ।

यस्तो छन् भ्रमणको वर्ष २०२० का लागि तयार गरिएको प्याकेज टानका सदस्य ट्रेकिङ्ग एजेन्सीहरूले भ्रमण वर्ष २०२० मा ट्रेकिङ्ग गर्ने आउनेहरूलाई २० प्रतिशत छुट दिने योजना बनाएको छ भनेर टानका प्रमुख कार्यकारी अधिकृत रमन ग्रान्डनले बताए ।

टानको भ्रमण वर्ष २०२०को मुख्य लक्ष्य भनेको उनीहरूको तर्फबाट ८ लाख भित्र्याउने हो । हाल टान विशेष गरी पश्चिम र सुदूर–पश्चिममा अवस्थित ट्रेकिङ्ग ट्रेलहरूको अन्वेषण गर्नमा व्यस्त छ भनेर ग्रान्डनले बताए । त्यसैगरि भ्रमण वर्ष २०२०लाई लक्षित गर्दे टानले आउँदो जुन वा जुलाईमा एडभेन्चर टुरिजम मार्टको आयोजना गर्दै छ जसमा विभिन्न देशका साहसी पर्यटन, भ्लगर, कलाकार र अन्य विभिन्न क्षेत्रको व्यक्तिहरूको उपस्थिति हुनेछ र विभिन्न शीर्षकहरूमा प्रिजेन्टेसन गराइनेछ भनेर ग्रान्डनले केन्द्रविन्दुलाई बताए । हाल टानका सदस्य एजेन्सीहरू १ हजार ८०० जना छन् ।

त्यसैगरी सो उत्सवको लागि हानले पनि विभिन्न प्रकारको प्याकेजहरू तयार पारेको छ । हानमा हाल देशभरि २ हजारवटा होटल सदस्य छन् । ती सबैले भ्रमण वर्ष २०२० मा आउने पर्यटकहरूका लागि कोठामा ३० प्रतिशत छुट दिनेछन् भने खानामा १५ प्रतिशत छुट दिने हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहले जानकारी दिए ।

सरकारको तर्फबाट पनि विभिन्न खालका प्याकेजहरू ल्याउन अझै पनि गृहकार्यहरू भइरहको सिग्देलले बताए । भ्रमण वर्ष २०२० लाई लिएर सातैवटा प्रदेश पनि उत्तिकै उत्साहित र सक्रिय देखिन्छन् । सम्पुर्ण प्रदेशहरूले भ्रमण वर्षको लागि आफै नेतृत्व लिइरहेका छन् ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूहरूले भ्रमण वर्षमा ५ लाख पर्यटक भित्र्याउने योजना बनाएको केन्द्रविन्दुलाई बताए । “प्रदेश नम्बर एक मात्र त्यस्तो प्रदेश हो जसले दक्षिणतिरको भारततर्फका तीनवटा प्रान्तहरूसँग प्रत्यक्ष सम्बन्ध राख्छ । तलतिर विहार अलिकति पूर्वतिर वेस्ट बंगाल छ अलिकति उत्तर या पूर्वतिर सिक्किम छ । हामीले भ्रमण वर्षको शुभारम्भ गर्ने तीनैवटा प्रान्तका मुख्य मन्त्रीहरूलाई निम्तो पठाइसकेका छौँ”, मुख्य मन्त्री राईले बताए ।

प्रदेश नम्बर ५ मा भ्रमण वर्षको सन्र्दभमा जिल्ला स्तरमा सबै जिल्लाहरूमा जिल्ला समिति बनिसकेको छ भनेर प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले बताए । साथै भ्रमण वर्षको उपलक्ष्यमा प्रदेश ५ स्थित बाँके राष्ट्रिय निकुन्जमा जंगल सफारीको शुभारम्भ गरिने छ भनेर पनि मुख्यमन्त्री पोखरेलले जानकारी गराए । भ्रमण वर्ष २०२० एकजनाको मात्र नभएर सिंगो नेपालको कार्यक्रम हो त्यसैले यसलाई विशेष र सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोगहरू आउने क्रम जारी रहेको सिग्देलले बताए ।

टिर्सट वा क्याप अनिवार्य

यसैवीच वैदेशिक रोजगारीमा जानेले भिजिट नेपाल २०२० को टिर्सट वा क्याप अनिवार्य लगाउनु पर्ने भएको छ । ‘भ्रमण वर्ष २०२०’ लाई प्रवर्द्धन गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा आवद्ध सदस्य संस्थाबाट रोजगारीमा जाने कामदारलाई अनिवार्य रूपमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अंकित टिसर्ट वा क्याप उपलब्ध गराउन अनुरोध गरिएको संघले जनाएको छ ।

Logo