प्रदेश नं. १ : पर्यटन वर्ष प्रवर्द्धनका लागि ९ जना सद्‍भावना दूत नियुक्त

प्रदेश नं. १ : पर्यटन वर्ष प्रवर्द्धनका लागि ९ जना सद्‍भावना दूत नियुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विभिन्न तयारीहरु गरेको छ । यसकै शिलशिलामा प्रदेश नं. १ सरकारले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि ९ जनालाई पर्यटन सद्‍भावना दूत नियुक्त गरेको छ। जसमा अल्ट्रा धाविका मीरा राईसहित परेका छन् ।

प्रदेश नं. एक सरकारले नियुक्त गरेका सद्भावना दूत मध्ये आरोही कामिरिता शेर्पा, मिङ्मा शेर्पा, सानु शेर्पा, मिङ्मा ग्याबु शेर्पा, छाङ्‍दावा शेर्पा अल्ट्रा धाविका मीरा राई, कलाकार दीपाश्री निरौला, नेपालकै अग्ला राजन अधिकारी र पिङ्कीराज गरिया छन् ।

प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिले प्रदेश १ को पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा गरेको कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले उनीहरूलाई सद्‍भावना दूतको प्रमाणपत्र प्रदान गरेका हुन् । राईले प्रदेश १ लाई आधार बनाएर प्याकेजका कार्यक्रम ल्याउन पर्यटनसँग सम्बन्धित संस्थाहरूलाई अनुरोध पनि गरेका छन् ।

कार्यक्रममा भिजिट नेपाल २०२० मा प्रदेश सरकारले आफ्नो प्रदेशमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको प्रदेश १ का पर्यटनमन्त्री जगदीशप्रसाद कुशियतले बताए । यस्तै पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे। उनले संघीय सरकारले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनको लागि प्रदेश सरकारलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

Logo