सगरमाथा चढ्न कामीरिताको अर्को रेकर्ड, २४ औं पटक चुचुरोमा

सगरमाथा चढ्न कामीरिताको अर्को रेकर्ड, २४ औं पटक चुचुरोमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आरोहि कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर पुनः आफ्नै रेकर्ड तोडेका छन् । आज बिहान ६ बजेर ३८ मिनेटमा उनी २४ औं पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै रेकर्ड तोड्न सफल भएका हुन् ।

शेर्पाको आरोहण कम्पनी सेभेन समिटका अनुसार उनले नेपाली मोहोडाबाट शिखर चुम्दै कीर्तिमान राखेका हुन् । आजको आरोहणसँगै ४९ वर्षीय कामिरिता २४ पटक सगरमाथाको चुचुरोमा पुग्ने संसारकै पहिलो आरोही बनेका छन् ।

यस अघि अघिल्लो हप्ता २३ पटक सगरमाथा चढ्ने रेकर्ड बनाएका उनले सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका थिए । अब कामिरिता २५ औं पटक सगरमाथाको आरोहणको रेकर्ड राख्न प्रयास गरिरहेका छन् ।

अघिल्लो वर्ष २२ औँ पटक सगरमाथा आरोहण गर्दादेखि नै सबैभन्दा बढी पटक सगरमाथा आरोहणको किर्तिमानी कायम गरेका शेर्पाले २५ पटक सगरमाथा चढेर सन्यास लिने यस अघि नै सार्वजनिक घोषणा गरिसकेका छन् ।

Logo