सगरमाथामा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पाइला टेकेको सात दशक पूरा

सगरमाथामा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पाइला टेकेको सात दशक पूरा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । आज अन्तराष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ।

७१ वर्षअघि सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा आज (मे २९) को दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ।

मानव र सगरमाथा बिचको सामिप्य बुझाउन यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने नारा तय गरी सगरमाथा दिवस मनाउन लागेको हो।

नेपाल सरकारले सन् २००८ देखि मे २९ तारिखमा अन्तर्राष्ट्रिय रुपमै दिवसका रुपमा मनाउन निर्णय गरेको थियो। पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले आजको दिनलाई विशेष मान्छन्।

सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए। त्यसपछि सुरु भएको सगरमाथा आरोहणमा पछिल्लो समय विदेशी र नेपाली पर्वतारोहीको आकर्षण बढ्दो छ।

पर्यटन विभागले यो वर्ष (२४ बैशाख) सम्म वसन्त याममा सगरमाथा आरोहणका निम्ति ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुष गरी ४१४ ले अनुमति लिएको जनाएको छ।

अघिल्लो वर्षभने हालसम्मकै सर्वाधिक ४७८ जना आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए।

Skip This
Skip This
Logo