काठमाडौँ । आईएमईले आफ्ना सेवाग्राहीलाई केबुलकार यात्रामा विशेष छुट दिने भएको छ ।
आईएमई मार्फत विदेशबाट पठाएको रकम प्राप्त गरेका सेवाग्राहीले नवलपुरको गैंडाकोटमा रहेको मौलाकाली र रूपन्देहीको बुटवलमा अवस्थित लुम्बिनी केबुलकारको टिकटमा २० प्रतिशत छुट पाउने भएका हुन् ।
सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबुलकारको छुट प्राप्त गर्नाका लागि आईएमई मार्फत रकम भुक्तानी प्राप्त गरेको रसिद वा आईएमई पे मार्फत रकम प्राप्त गरेको डिजिटल रिसिप्ट देखाउनुपर्ने छ । रकम प्राप्त गरेको तीन महिनासम्म सो रसिद देखाएर छुट लिन सकिने मौलाकाली केबुलकारका सञ्चालक रुद्रराज पौडेलले बताए ।
पौडेलका अनुसार विदेशमा बसेकाहरूले आफ्नो परिवार तथा प्रियजनलाई मौलाकाली र कामाख्या देवी लगायतका देवस्थलको दर्शन तथा घुमफिरमा समेत प्रोत्साहित गर्ने उद्देश्यले छुटको व्यवस्था मिलाइएको हो ।





























प्रतिक्रिया