सगरमाथा क्षेत्रमा पुस १७ देखि हेलिकोप्टर उडानमा रोक लगाइँदै

सगरमाथा क्षेत्रमा पुस १७ देखि हेलिकोप्टर उडानमा रोक लगाइँदै

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा आउँदो पुस १७ गतेदेखि व्यावसायिक हेलिकोप्टर उडानलाई पूर्ण रूपमा रोक लगाइएको छ ।

हेलिकोप्टर उडानले अत्याधिक ध्वनि प्रदूषण भएको र निकुञ्ज क्षेत्रमा पर्ने बस्तीमा रहेका वन्यजन्तुको बासस्थानमा असर परेको भन्दै उडानमा रोक लगाइएको हो ।

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, नाम्चेले पुस १९ (१ जनवरी २०२५) देखि त्यस क्षेत्रमा व्यावसायिक चार्टर उडान नगर्न निर्देशन दिएको हो । निकुञ्ज कार्यालयले उडानमा रोक लगाउने निर्णय गरेसँगै नेपालमा रहेका ११ वटा हेलिकोप्टर कम्पनीले अब उडान भर्न पाउने छैनन् ।

निकुञ्जले एयर डाइनेस्टी, प्रभु, कैलाश, अन्नपूर्ण, माउन्टेन, अल्टिच्युड, फिस्टेल, श्री, सिम्रिक, हेली एभरेस्ट र मनाङ एयरलाई निर्देशन पालना गर्न भनेको छ ।

Logo