काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पर्यटन दशक (२०२५–२०३५) सम्पन्न गर्न कार्ययोजना बनाउने काम भइरहेको बताएका छन् । शनिबार पर्यटन कन्कलेभमा बोल्दै मन्त्री पाण्डेले उक्त यस्तो बताएका हुन् ।
मन्त्री पाण्डेले यसअघि घोषणा गरिएको सन् २०२२–०३२ पर्यटन दशक कार्ययोजना नबन्दा पर्यटन दशक अघि बढ्न नसकेको बताए । उनले भने, ‘यसअघि सन् २०२२–२०३२ पर्यटन दशक घोषणा गरिएको भए पनि कार्ययोजना नबन्दा पर्यटन दशक अघि बढ्न सकेन । पर्यटन दशक २०२५–२०३५ भव्य रूपमा सम्पन्न गर्न कार्ययोजना बनाउने काम भइरहेको ।’
उनले संघीय पर्यटन मन्त्रीको अध्यक्षतामा बस्ने विषयगत समितिको बैठकमा निजी क्षेत्रलाई समेत सहभागी गराउने काम भइरहेको उल्लेख गरे । उनले मन्त्रालयले तयार गरेको नागरिक उड्डयन सम्बन्धि नीति मन्त्रिपरिषद्बाट पारित भइसकेको, संस्कृति नीति मन्त्रिपरिषद्को विधायन शाखामा पुगेको, पर्यटन नीति हवाई नीतिको काम समेत अघि बढिसकेको प्रस्ट पार्दै आगामी हिउँदे अधिवेशनबाट, विधेयकहरू पारित हुने विश्वास व्यक्त गरे । मन्त्री पाण्डेले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि मन्त्रिपरिषद्कै कार्ययोजना अनुरूप कार्य सञ्चालन भइरहेको समेत बताए ।





























प्रतिक्रिया