हिमाल आरोहणमा बढी चासो राख्ने क्षेत्रमा पर्यटन पढाई शुरु गर्ने सम्झौता

हिमाल आरोहणमा बढी चासो राख्ने क्षेत्रमा पर्यटन पढाई शुरु गर्ने सम्झौता

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाल आरोहणमा बढी चासो राख्ने क्षेत्रमा पर्यटन पढाई शुरु गर्ने बताएका छन् ।

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालयमा पर्यटन तथा पर्वतारोहण विषय अध्यापनको मंगलवार शुभारम्भ गर्दै मन्त्री भट्टराईले हिमाल आरोहणमा चासो राख्ने देशका विभिन्न क्षेत्रमा पर्यटन पढाई शुरु गर्ने बताएका हुन् । मन्त्री भट्टराईले विश्व पर्यटनको केन्द्र मध्ये नेपाल पनि एक भएकोले यहाँको पर्यटन प्रवर्धनसँगै विकास गर्नका लागि पर्यटन शिक्षा आजको आवश्यकता भएको समेत बताएका हुन् ।

पर्यटनमन्त्रीले नेपालमा विश्वको १४ वटा हिमाल मध्ये आठ हजार माथिका ८ वटा नेपालमा रहेको बताउँदै हिमाल आरोहण गर्नका लागि वर्षेनी हजारौं मानिस हिमाल चढ्न विदेशबाट आउने र स्वदेशी पनि हिमाल चढ्ने हुँदा आवश्यक पर्ने शैक्षिक दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन विषय अध्यापन शुरु गरेको बताए । नेपाल नारायणी मावि पर्यटन तथा पर्वतारोहण विषय पठाई गर्ने पहिलो विद्यालय भएको समेत बताए ।

मंगलवार नै नारायणी माविमा कक्षा ११ र १२ मा अध्यापनको लागि शनिवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली र नारायण माविका प्रधानाध्यापक गणेशबहादुर प्रसाईबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा प्रतिष्ठानका तर्फबाट कक्षा ११ र १२ को पर्यटन र पर्वतारोहणसँग सम्बन्धित विषय अध्ययन, अध्यापन गराउन अनुभवी प्रशिक्षकहरु उपलब्ध गराउने, पर्यटन र पर्वतारोहण विषयका पाठयक्रम र अध्ययन सामाग्री उपलब्ध गराउने आवश्यकता अनुसार अन्य प्राविधिक तथा ऐकेडेमीक सहयोग गर्ने भएको छ ।

विद्यालयका तर्फबाट पर्यटन तथा पर्वरोहण विषय कक्षा ११ र १२ मा अध्यायन, अध्यापन गराउन आउने शिक्षकको ब्यवस्थापन पाठयक्रमको लागि पुस्तकालय लगायतका सामाग्री विद्यालयले उपलब्ध गराउने सहमति भएको हो । मन्त्री भट्टराई पालिका स्तरीय कार्यक्रमको लागि गत २१ गते देखि गृह जिल्ला ताप्लेजुङमा छन् ।

Logo