चैत २५ देखि वराहक्षेत्रमा कोशी पर्यटन महोत्सव

चैत २५ देखि वराहक्षेत्रमा कोशी पर्यटन महोत्सव

केन्द्रबिन्दु
0
Shares

धरान। कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा तीनदिने ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । महोत्सव चैत २५ देखि २७ गतेसम्म सञ्चालन हुनेछ ।

सप्तकोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने, स्थानीय धार्मिक–सांस्कृतिक सम्पदाको प्रचार गर्ने र लोपोन्मुख कला संस्कृतिको संरक्षण गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो ।

महोत्सव अवधिभर मौलिक सांस्कृतिक नृत्य, झाँकी प्रदर्शन, लाखे नाच र धान नाच प्रस्तुत गरिनेछ । साथै कोशी टप्पु वन्यजन्तु आरक्षमा चरा तथा वन्यजन्तु अवलोकन, रामधुनी मन्दिर दर्शन र बोराबाँधमा सूर्यास्त अवलोकन जस्ता गतिविधि समेटिएका छन् ।

अन्तिम दिन वराहक्षेत्र मन्दिर दर्शनसँगै ¥याफ्टिङ, जेट बोट, एटिभी राइडिङ, नौका सयर र बगर खेलकुदजस्ता साहसिक गतिविधि सञ्चालन गरिनेछन् ।

नेपालका विभिन्न क्षेत्रका साथै भारत र अन्य मुलुकका पर्यटकको सहभागिता रहने अपेक्षा गरिएको छ । आगन्तुकका लागि स्थानीय अर्गानिक परिकारसमेत उपलब्ध गराइनेछ ।

आयोजकका अनुसार यस्ता कार्यक्रमले कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनुका साथै यहाँको सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्नेछ ।

Logo