जलजला हम्पाल–कालाञ्जारलाई पर्यटन गन्तव्य बनाउन उपप्रमुख आचार्यको अपिल [फोटो फिचर]

जलजला हम्पाल–कालाञ्जारलाई पर्यटन गन्तव्य बनाउन उपप्रमुख आचार्यको अपिल [फोटो फिचर]

केन्द्रबिन्दु
180
Shares

पर्वत। जलजला गाउँपालिकाका उपप्रमुख दिपक आचार्य (आकाश) ले जलजला हम्पाल–कालाञ्जार क्षेत्रको प्राकृतिक सौन्दर्य प्रवर्द्धन गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमा स्टाटस जारी गर्दै उनले यो क्षेत्रलाई “अद्भुत प्राकृतिक गन्तव्य” भन्दै सबैलाई एक पटक अवश्य घुम्न अपिल गरेका छन्।

उनका अनुसार हम्पाल–कालाञ्जार क्षेत्रबाट देखिने सूर्योदय, हरियाली डाँडाकाँडा र शान्त वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने ठूलो सम्भावना बोकेको छ।

उपप्रमुख आचार्यले यहाँको प्राकृतिक सौन्दर्यसँगै स्थानीय संस्कृति पनि महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै पर्यटन प्रवर्द्धनमार्फत स्थानीय आर्थिक गतिविधि बढाउन सकिने बताएका छन्।

उनले नागरिकहरूलाई “प्रकृतिसँग जोडिन, घुम्न र रमाउन” आग्रह गर्दै यो क्षेत्रलाई पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्न सबैको साथ आवश्यक रहेको पनि बताएका छन्।

Logo