दैलेखका ऐतिहासिक र धार्मिक पर्यटकीय स्थल जोखिममा, संरचना जीर्ण बन्दै

दैलेखका ऐतिहासिक र धार्मिक पर्यटकीय स्थल जोखिममा, संरचना जीर्ण बन्दै


कर्णाली प्रदेश अन्तर्गतको एक सुन्दर र पर्यटकीय स्थलका हिसावले एकदमै महत्वपूर्ण जिल्ला हो। विभिन्न थुप्रै पर्यटकीय स्थलले भरिभराउ जिल्ला हो।

दैलेख ऐतिहासिक, धार्मिक पुरातात्विक र पर्यटकीय हिसाबले महत्वपूर्ण जिल्ला हो। नेपाली भाषाको पहिलो शिलालेख यहीँ पर्छ। ३२ जातजातिको उद्गमस्थल यहीँ हो। दैलेखसँग सिंजा सभ्यता जोडिन्छ। बाइसे–चौबिसे राज्यका बेला निर्माण गरिएका देवल र कीर्तिखम्बहरू छन्। पाथरनाउली र कोतगढी दैलेखमै पर्छ। पानीमाथि ज्वाला बल्ने ठाउँ हो यो। ऐतिहासिक र धार्मिक पुरातत्वका दृष्टिले मात्र होइन, मनोरम प्राकृतिक दृश्हरूले भरिभराउ छ। 

यहाँ झरना छन्। ताल छन्। गुफा छन्। त्यसैले त दैलेख धार्मिक आस्थाका लागि मन्दिर हो, ऐतिहासिक खोज अनुसन्धान गर्ने अध्ययनका निम्ति पाठशाला र पर्यटकका लागि रोजाइको गन्तव्य। 

तर, लामो इतिहास बोकेका सम्पदाहरूको अस्तित्व वर्षेनि संकटमा छ। त्यस्ता संरचना जीर्ण बन्दै गएका छन्। धार्मिक तथा ऐतिहासिक स्थलहरू मर्मतसम्भारको पखाईमा छन्। तीनै तहका सरकारसँग सम्पदाको संरक्षका लागि ठोस योजना छैनन्। अधिकांश पालिकाहरूले ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू जोगाउने नीति, कार्यक्रम र बजेट ल्याएपनि प्रभावकारी कार्यान्वयन भएको पाइँदैन। 

ओझेलमा पाण्डवका देवल 

पुरात्तात्विक महत्व बोकेका देवलको संरक्षण नहुँदा अहिले जीर्ण अवस्थामा रहेका छन्। सांस्कृतिक र धार्मिकरूपमा उक्त देवलहरूको महत्व भए पनि आधुनिकतासँगै युवाहरूमा त्यसको महत्व बुझाउन नसक्दा र स्थानीय तथा प्रदेश सरकारले चासो नदिँदा पाँच भाइ पाण्डवका पञ्च देवलहरू जीर्ण अवस्थामा पुगेको स्थानीय बताउँछन्।

‘सांस्कृतिक र धार्मिक रूपमा महत्व बोकेका पञ्चदेवलहरूको छुट्टै महत्व छ, तर यसको महत्वबारे युवाहरूलाई बुझाउन जरुरी छ। जीर्ण भएका सम्पदालाई त्यसको मौलिकता नमर्ने गरी पुरानै शैलीमा पुनः निर्माण गर्नुपर्ने स्थानीय सरकार र नागरिकले संरक्षणमा चासो देखाउनुपर्ने र पुरातत्व विभागले पनि संम्वेदनशिल भएर काम गर्नुपर्ने भएपनि सबै निकाय गैरजिम्मेवार बनेका छन्।

दैलेखको ११ वटा स्थानीय तहहरूमध्ये चारवटा स्थानीय तहमा पुरात्तात्विक, सास्कृतिक र धार्मिक महत्तव बोकेका स्थलहरू रहेका छन्। नारायण नगरपालिका–७ को किमुँगाउँ, वडा नम्बर ४ को देवलकाँडा, वडा नम्बर २ को जाहरकोट, वडा नम्बर १ को कुइकानामा र महाबु गाउँपालिकाको वडा नम्बर ५ काँसिकाँधमा पाण्डवहरूले बनाएका देवलहरूको संरक्षण र प्रचार–प्रसार नहँुदा ओझेलमा परेका पर्दै गएका छन्।

त्यस्तै भैरवी गाउँपालिका–३ को कोइराल गाउँ, वडा नम्बर ७ को ब्याउले, दुल्लु नगरपालिका–३ को बडालम्जि, वडा नम्बर १२ को गौरी, वडा नम्बर ५ को पटाङ्गिनी, वडा नम्बर–१० को कालभैरवमा र जिल्लाभर पञ्चदेवल, सिङ्गल र दुईवटासम्म देवल गरी तीन सय २५ भन्दा बढी रहेका छन्।

ललाटेश्वर महादेवको मन्दिर 

दुल्लू नगरपालिका–१० गमौडीमा रहेको ललाटेश्वर महादेवको मन्दिर पनि ओझेलमा परेका ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलमध्येको एक हो। जीर्णोद्वार नहुँदा यसको अस्तित्व संकटमा छ। यो पञ्चकोशी क्षेत्रभित्र पर्ने सबैभन्दा धेरै अर्थात पाचँ वटा ज्वाला एकै स्थानमा बल्ने मन्दिर हो। आकर्षक ढुङ्गैढुङ्गाले ललाटेश्वर महादेवको मन्दिर बनेको छ। 

 रहेको जग्गा व्यक्तिको नाममा छ। भित्र निकै कलात्मक दृश्य देख्न सकिन्छ। मन्दिरभित्रको ढुङ्गाको चार वटा खम्बामध्ये तीन वटा भत्किएको अवस्थामा छन्। यसलाई महाभारतकालीन पाँच पाण्डवहरूले बनाएको भन्ने विश्वास गरिन्छ। मन्दिर नजिकैका वीरखम्बहरूमा रहेका अभिलेख तथा आकृतिहरू मेटिइसकेका छन्। मन्दिरको भित्रि भागमा रहेका चक्राकार शिला टुटेका छन, घोटिएका छन्।

श्री स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवले सतीदेवीको मृत शरीर बोकेर यत्रतत्र घुम्ने क्रममा यसै स्थानमा आइपुग्दा सतीदेविको निधार पतन भएको थियो। त्यसैले यस स्थानलाई ललाटेश्वर स्थान भनिन्छ। कलात्मक र पाञ्चायन वास्तुपद्धतिमा निर्मित यो मन्दिर अहिले जीर्ण छ।

नेपाली भाषाको पहिलो शिलालेख

जिल्लाका ऐतिहासिक स्थलमध्ये एक हो, पहिलो शिलालेख। यसलाई कीर्तिखम्ब पनि भनिन्छ। संरक्षण नहुँदा यो स्थान गाइगोरु र बाख्रा बाँध्ने थलो बन्दै गएको छ। नेपाली भाषाको पहिलो शिलालेख कीर्तिखम्ब (कीर्तिस्तम्भ) दुल्लूबासीको मात्र नभएर नेपालीहरूको गहनाका रूपमा लिने गरिन्छ। तर, संरक्षणमा स्थानीय सरकार बेखबर जस्तै छ। संरक्षणको लागि योजना बने, बजेट विनियोजन भयो र खर्च पनि गरियो।

तर, लाखौं रकम खर्चिएको यो स्थानको मुहार फेरिएन। स्थानीयले समेत यसको महत्व बुझ्न सकिरहेका छैनन्। कीर्तिखम्ब परिसरमा नेपाली भाषाका लिपी भएका खम्बाहरू बस्तुभाउ बाँध्ने किलाका रूपमा प्रयोग हुँदै आएका छन्।न्युज कारखाना

Logo