तेह्रथुमको म्याङलुङ नगरपालिका-२ मा रहेको चिरुवा ढुंगामा पार्क निर्माण गरिएको छ। पर्यटन प्रवर्द्धन तथा पर्यटकीयरुपमा विकास गर्न ढुंगामा पार्क निमार्ण गरिएको हो।
वडा कार्यालय आर्थिक सहयोग तथा पथरी शनिश्चरे मोरङ घर भई युकेमा रहेका फुलकुमारी तुम्बाहाङ्फे र उनका श्रीमान नैनबहादुर चोङ्बाङले ३ लाख ५० हजार सहयोगमा पार्क निर्माण गरिएको अभियन्ता पदम तुम्वाहाङ्फेले जानकारी दिए।
दाताबाट प्राप्त रकमले पार्कको गोलघर, व्यायामस्थल, खानेपानी, पिकनिक स्थल लगायत निर्माण गरिएको पार्क निर्माणका अगुवा विश्वप्रकाश तुम्बाहङ्फेले बताए।
पार्क जिल्ला सदरमुकाम नजिकै छ।





























प्रतिक्रिया