वर्ष २०२३ मा चम्किन सक्ने यी पाँच तारा ! [भिडियोसहित]

वर्ष २०२३ मा चम्किन सक्ने यी पाँच तारा ! [भिडियोसहित]

केन्द्रबिन्दु
0
Shares

युवा खेलाडीलाई फुटबलको भविष्य भनेर चिनिन्छ । पछ्ल्लिा केही वर्षमा, हामीले ग्यारेथ बेल, करिम बेन्जेमा र ब्लेइस माटुइडी जस्ता चिरपरिचित ठूला खेलाडीले सन्यास लिएको देख्यौँ । यस्तै केही प्रतिभाशाली युवा खेलाडीहरूको खेल जगतमा उदय भएको प्रत्यक्षदर्शी भएर देख्यौं । क्लब स्तरमा व्यबसायिक करिअर बनाउन चाहनेका लागि युरोपियन क्लब सबैभन्दा ठूलो मञ्च हो । अधिकांश युवा खेलाडीहरूले शीर्ष युरोपेली लिगहरूमध्ये एकमा खेल्ने सपना देख्छन् । प्रत्येक खेलाडी युरोपेली क्लबमा नियमित खेल्दै आफ्नो बलियो उपस्थिति जनाउन चाहन्छन् । वर्ष २०२२ मा हामीले अर्लिंग हालान्ड, जमाल मुसियाला, रोड्रिगो, जुड बेलिङ्घम र मिखाइलो मुड्रिकजस्ता युवा खेलाडीको जादुमयी खेल हेयौं । यस्तै जारी वर्ष २०२३ मा पनि हामी युरोपका केही उत्कृष्ट खेलाडीलाई स्वागत गर्न सक्छौं । को हुन् त ती युवा खेलाडीहरु ? 

१. एन्ड्रिक (पाल्मिरास, ब्राजिल)
दक्षिण अमेरिकी महादेशका उत्कृष्ट युवा खेलाडीहरूमध्ये एक हुन् एन्ड्रिक । १६ वर्षीय ब्राजिलियन फरवार्डले जारी सिजन क्लब पाल्मिरासका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । सोही प्रदर्शनलाई हेर्दै स्पेनी महारथी क्लब रियल म्याड्रिडले ब्राजिलियन फरवार्डलाई भित्राउन ६३.६ मिलियन डलर खर्च गरेको छ । वर्ष २०२२ मा ब्राजिलियन फुटबल च्याम्पियनसिप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका एन्ड्रिकले ब्राजिलियन ‘सिरी ए’ को वर्ष २०२२ मा उत्कृष्ट नवआगन्तुक खेलाडीको अवार्ड प्राप्त गरेका थिए । सम्झौता अनुसार एन्ड्रिक १८ वर्ष पुगेपछि वर्ष २०२४ मा रियल म्याड्रिड जानेछन् ।

२. जाभी सिमोन्स (१९ वर्ष पीएसभी)
बार्सिलोनाको फुटबल एकेडेमी मार्फत खेल कौशल बढाएका जाभी सिमोन्स हाल क्लब ला मासियामा सबैभन्दा मूल्यवान युवा खेलाडी बनेका छन् । वर्ष २०१९ मा बार्सिलोनासँग सम्झौता तोड्दै १ मिलियन युरोमा पीएसजी गएका सिमोन्सले मेस्सी, नेयमार र एम्बाप्पेजस्ता हस्ती खेलाडीसँग खेल्नका लागि प्रतिस्पर्धा गर्नु परेकाले उनलाई पीएसजीमा खेल्न गाह्रो भएको थियो । परिणाम स्वरुप सिमोन्सले समर ट्रान्सफर विन्डोमा नेदरल्याण्डन्सको घरेलु क्लब पीएसभी नै रोजे । घरेलु क्लबमा उत्कृष्ट प्रदर्शन गरेका कारण नेदरल्याण्डन्सको राष्ट्रिय टोलीमा सिमोन्सले आफ्नो स्थान सुरक्षित गर्न सफल भए । युवा खेलाडी सिमोन्स लगायत समकक्षी खेलाडीहरुको उत्कृष्ट खेल प्रदर्शनका कारण नेदरल्याण्डण्स क्वाटरफाइनलसम्म पुग्न सफल भएको थियो । क्वाटरफाइनलमा नेदरल्याण्डण्स विश्व विजेता अर्जेन्टिनासँग हार्दै बाहिरिएको थियो । 

३. म्याथिस टेल (१७ वर्ष, बायर्न म्युनिख)
२००५ मा जन्मिएका म्याथिस टेल अहिले १७ वर्षका मात्र छन् । जुलाई २०२२ मा जर्मन क्लब बायर्न म्युनिखसँग पाँच वर्षका लागि २८५ मिलियन डलरमा सम्झौता गरेका म्याथिसले बायर्न म्युनिखका लागि प्रतियोगितामै सबैभन्दा कम उमेरमा गोल गर्दै नयाँ रेकर्ड बनाउन सफल भएका छन् । 

४. अलेजान्ड्रो गानार्चो (१८ वर्ष – म्यानचेस्टर युनाइटेड)
वर्ष २०२० मा एट्लेटिको म्याड्रिडबाट म्यानचेस्टर युनाइटेडको युथ एकेडेमीमा सामेल भएका एलेजान्ड्रो गानार्चो क्लबमा आबद्ध भएसँगै निकै चर्चामा आइरहेका छन् । क्लबलाई एफए कपको उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण गानार्चोले युवा वर्ष खेलाडीको अवार्ड जितेका थिए । जारी सिजन पनि उत्कृष्ट प्रदर्शन गरिरहेका अर्जेन्टिनी किशोर खेलाडी गानार्चो टोलीको महत्वपूर्ण सदस्य बनिसकेका छन् । जारी महिनाको सुरुमै सिनियर टोलीसँग खेलेका गानार्चोले म्यानचेस्टर डर्बी खेलमा गोलका लागि असिस्ट् गरेका थिए । गानार्चो डर्बी खेलमा गोलका लागि असिस्ट् गर्ने सबैभन्दा कान्छा खेलाडी हुन् ।

५. युसुफा मोकोको (बोरुसिया डर्टमुन्ड, जर्मनी) 
युसुफा मोकोको जर्मन बुन्डेसलिगका उत्कृष्ट युवा खेलाडीमध्येका एक हुन् । उनी जर्मन युथ क्लब बोरुसिया डर्टमन्डका लागि ८८ खेल खेल्दै १४१ गोल गर्न सफल भइसकेका छन् । १६ वर्ष १८ दिनको उमेरमा च्याम्पियन्स लिगमा जेनिट सेन्ट पिटर्सबर्ग विरुद्धको खेलमा डेब्यु गरेका मोकोको प्रतियोगिताको इतिहासमा सबैभन्दा कान्छो खेलाडी पनि हुन् । 

Skip This
Skip This
Logo