अहिले सर्वाधिक चर्चामा रहेको नक्कली भूटानी शरणार्थी प्रकरणले दिनप्रतिदिन नयाँ मोड लिइरहेको छ ।
फेरी उक्त प्रकरणमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा र पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम जोडिएसँगै उक्त प्रकरणमा नयाँ ट्वीस्ट थपिएको छ ।
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा ठगी गर्ने संगठित गिरोहको उक्त प्रकरणमा मुछिएका आठजना अहिले प्रहरीको हिरासतमा छन् ।
त्यस्तै प्रक्राउ पूर्जी जारी गरिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा फरार छन् । कसरी मुछिए आरजू र मञ्जु ठगी प्रकरणमा ? एक रिपोर्ट
शरणार्थी प्रकरणमा नयाँ ट्वीस्ट: देउवा र खाणका पत्नीहरु पनि मुछिए
प्रहरी हिरासतमा रहेका आठ जनामध्ये नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएपछि शनिबार बालकृष्ण खाणले प्रेस विज्ञप्ति निकाल्दै खण्डन गरेका थिए।
शरणार्थी प्रकरणमा खाँण मात्रै नभएर अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा तथा बालकृष्ण खाँणकी पत्नी मञ्जू खाँणको नाम समेत जोडिएको छ।
उनीहरुले पनि पैसा बुझेको दाबी गरिएको एक अडियो सार्वजनिक भएको छ। उनीहरूले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाउने गिरोहसँग साढे आठ करोड लिएको दाबीसहितको अडियो सार्वजनिक भएको हो।
अडियोमा सरुवाबारे असन्तुष्ट एक व्यक्तिसँग भएको कुराकानी सुनिन्छ। अनावश्यक रूपमा सरुवा गरेर पैसा लिन खोजेको, दुहुनो गाई बनाएको भन्दै एक व्यक्तिले भनेका छन्, ‘आरजु राणालाई साढे दुई करोड, गृहमन्त्री बालकृष्ण खाणका लागि मञ्जु खाणलाई हनुमानथानको घरमा ६ करोड बुझाएकै हो। प्रमाण छ नि म सँग !’
यता देउवा पत्नी राणाले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई नियतवश र जबर्जस्ती तान्न खोजिएको र त्यसमा आफूले नबिराएकाले नडराउने बताएकी छिन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा आफूमाथि लक्षित गर्दै उठेका प्रश्नको जवाफमा उनले आफूले त्यस प्रकरणका बारेमा थाहा नपाएको बताएकी हुन्। उनले आफू नभएको दिनमा आफ्नो नाम जोडेर अनेक थरी प्रश्नहरू उठाइएको र नक्कली मान्छेहरू खडा गरेर अडियो बनाइएको देख्दा र सुन्दै आफूलाई निकै दुःख लागेको बताएकी छिन्।
उनले अहिले चर्चामा रहेको शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता त के त्यो प्रकरणका बारेमा थाहासमेत नपाएको बताएकी छिन्। साथै उनले आफू र श्रीमान् शेरबहादुर देउवाको सम्पत्ति विवरण नेपाल सरकारलाई बुझाएको बताउँदै बढ्यो या घट्यो भन्ने बारेमा जनताले थाहा पाउने परिस्थिति बनाउन पनि आग्रह गरेकी छिन्।
गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो। कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्न सूची पनि बटुलेको थियो।
यही प्रतिवेदनमा गिरोहले ‘दर्ता छूट’ सूची भन्दै अनधिकृत नाम थपेर मानव तस्करी गरेर अमेरिका पु-याउन खोजेको हो। यसका लागि प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म असुलिएको उजुरी प्रहरीमा छ।































प्रतिक्रिया