पेले र म्याराडोनामध्ये को हुन् सर्वकालिन महान् खेलाडी ? [भिडियोसहित]

पेले र म्याराडोनामध्ये को हुन् सर्वकालिन महान् खेलाडी ? [भिडियोसहित]

केन्द्रबिन्दु
0
Shares

विश्व फुटबलमा सर्वोत्कृष्ट खेलाडी को हो भन्ने बहस अहिलेको पक्कै होइन । लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको युग सुरु हुनुभन्दा पहिले पनि पेले र डिएगो म्याराडोनामा को सर्वोत्कृष्ट ? भन्ने चर्को बहस हुन्थ्यो र हुँदै आएको पनि छ । यी दुई खेलाडीमध्ये को सर्वोत्कृष्ट खेलाडी भनि निक्योल गर्नुअघि हामीले के बुझनुपर्छ भने यी दुई खेलाडी एकै समयमा फुटबल खेल्दैनन् थिए । २०औँ शताब्दीका लेजेन्ड खेलाडीको उपमा पाएका पेले र म्याराडोना को ‘उत्कृष्ट’ भन्ने बहस नटुङगीई दुवै सधैँका लागि बिदा भइसकेका छन् । अथार्त दुबैले भौतिक शरीर त्यागिसकेका छन् ।

रोनाल्डो र मेसीले जस्तो पेले र म्याराडोना एकै दशकका खेलाडी होइनन् ।

रोनाल्डो र मेसीले जस्तो पेले र म्याराडोना एकै दशकका होइनन् । उनीहरूबीच उमेरमै २० वर्षको अन्तर थियो । ब्राजिलियन लिजेन्ड पेलेले सन १९५० देखी १९७० को दशकमा विश्व फुटबलमा तहल्का मच्चाएका थिए भने अर्जेन्टाइन लिजेन्ड म्याराडोनाले ८० र ९० को दशकमा विश्व फुटबलमा राज गरेका थिए । तथ्य र तथ्याङकका आधारमा पेले र म्याराडोनामध्ये को सर्वोत्कृष्ट खेलाडी ? 

१. पेलेविरुद्ध म्याराडोनाः क्लब गोल संख्या
पेलेले आफ्नो जीवनमा आधिकारिक गोल कति गरे ? त्यो अझै अन्यौलकै विषय हो । किनकी उनले गरेका धेरै गोललाई फिफाले आधिकारिक मान्यता नै दिएको छैन् । आधिकारिक मान्यता नपाएको गोल संख्यालाई मात्र पनि गन्ने हो भने पनि पेले म्याराडोनाभन्दा क्लब गोल संख्यामा अघि छन् ।

पेलेले आफ्नो जीवनमा आधिकारिक गोल कति गरे ? त्यो अझै अन्यौलकै विषय हो । किनकी उनले गरेका धेरै गोललाई फिफाले आधिकारिक मान्यता नै दिएको छैन् ।

गोल डटकमको रिपोर्ट अनुसार म्याराडोनाले आफ्नो करिअरमा ३०० क्लब गोल गरेका छन् भने पेलेले ७०० भन्दा बढी गोल क्लबका लागि गरेका छन् । संख्याका आधारमा पेले म्याराडोनाभन्दा अघि देखिएता पनि यी दुईले प्रतिनिधित्व गर्ने क्लब र लिगका आधारमा तुलना गर्ने हो भने दुबै सम्मान अवस्थामा छन् । म्याडोनाले अर्जेन्टिनोस जुनियर्स, बोका जुनियर्स, नापोली र बार्सिलोनाका लागि क्लब फुटबल खेले भने अर्कोतर्फ, पेलेले आफ्नो करियरको अधिकांश समय ब्राजिलको स्थानिय क्लब सान्तोसमै बिताए । करिअरको अन्त्यमा मात्रै पेलेले आर्थिक अवस्था सुधारका लागि न्युयोर्क क्लब कसमोसका लागि खेलेका थिए । 

यस्तै गोल संख्या भिन्न हुनुको अर्को कारण यी दुई मैदानमा खेल्ने पोजिसन पनि एक हो । पेले फरवार्ड पोजिसनमा खेल्थे भने म्याराडोना मिडफिल्डर पोजिसनजमा खेल्थे । जसले गर्दा पेले स्वाभावैले गोल गर्ने स्थानमा थिए भने म्याराडोना गोलका लागि सहज गरिदिने स्थानमा खेल्थे । 

क्लब र अन्तर्राष्ट्रिय गोल संख्याका आधारमा पेले म्याराडोनाभन्दा निकै अघि छन् ।  

२. अन्तर्राष्ट्रिय तथ्याङकमा पेलेविरुद्ध म्याराडोना
अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि ब्राजिलियनको गोल संख्या अर्जेन्टाइनभन्दा धेरै नै उत्कृष्ट छ । ब्राजिलियनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा ७७ गोल गरेका थिए भने म्याराडोनाले ३४ गोल गरेका थिए । दुबै खेलाडीले लगभग समान संख्यामा खेल खेले । ब्राजिलियनको प्रतिखेल गोल रेसियो ०.८४ छ भने अर्जेन्टाइनको ०.३७ को रेसियो छ । यसरी हेर्दा हामी निःसन्देह के थाहाँ पाउन सक्छौं भने क्लब र अन्तर्राष्ट्रिय गोल संख्याका आधारमा पेले म्याराडोनाभन्दा निकै अघि छन् ।  

३. पेलेविरुद्ध म्याराडोनाः विश्वकप तथ्यांकमा
पेलेले ब्राजिललाई तीन पटक सन् (१९५८, १९६२ र १९७०) मा विश्वकपको ट्रफी जिताए । जबकि म्याराडोनाले एक पटक मात्र सन् (१९८६) मा विश्वकपको ट्रफी जिताए । यस्तै उनकै कप्तानीमा अर्जेन्टिना सन् १९९० को विश्वकपमा उपविजेता भएको थिए । समग्रमा दुबैले ४ विश्वकपमा सहभागिता जनाए । चोटका कारण पेलेले सन् १९६६ को विश्वकपमा निकै कम खेल खेले । कम खेल खेलेता पनि विश्वकपमा पेलेकै गोल संख्या बढी छ । पेलेले ४ विश्वकपका दौरान १४ खेलमा १२ गोल गर्न सफल भए भने म्याराडोनाले २१ विश्वकप खेलमा आठ गोल मात्र गर्न सफल भए । यस्तै पेलेले फाइनलमा दुई फाइनल खेल सन् १९५८ र १९७० मा गोल गर्न सफल भए भने म्याडोनाले कहिल्लै फाइनल खेलमा गोल गर्न सकेनन् । 

पेलेले दुई विश्वकप फाइनल खेलमा गोल गर्न सफल भए भने म्याडोनाले कहिल्लै फाइनल खेलमा गोल गर्न सकेनन् ।

४. पेलेविरुद्ध म्याराडोनाः धेरै उपाधि कस्को हातमा ? 
उपाधिका मामलामा पनि ब्राजिलियन अर्जेन्टाइनभन्दा निकै अघि छन् । तीन विश्वकप उपाधिका साथै ब्राजिलियनसँग दुई कोपा लिबर्टाडोरेस, दुई इन्टरकन्टिनेन्टल कप र एउटा इन्टरकन्टिनेन्टल सुपरकपको उपाधि छ । यस्तै उनले घरेलु क्लब सान्तोसका लागि ६ वटा ब्रासिलिरो र न्यूयोर्क कसमोसका लागि एनएएसएल बाउलको उपाधि जिताए । साथैं पेलेले १० क्याम्पियोनाटो पाउलिस्टा र चार टोर्नियो रियो–साओ पाउलो उपाधि जिताएका छन् ।

अर्कोतर्फ, म्याराडोनाले अर्जेन्टिना, स्पेनिस क्लब र इटालीयन क्लबका लागि विभिन्न उपाधि आत्मसाथ गर्न सफल भए । म्याराडोनाले लागि सबैभन्दा कार्यकाल नापोलीका लागि बिताएका थिए । उनले नापोलीका लागि दुई सीरी ए, एक कोपा इटालिया, एक सुपरकोपा इटालिया र यूईएफए कप जिताए । यस्तै बार्सिलोनाका लागि कोपा डेल रे, ला लिगा र सुपरकोपा डे स्पाना जिताउन सफल भए । यस्तै घरेलु क्लब बोका जुनियका लागि म्याराडोनाले प्राइमरा डिभिजन मेट्रोपोलिटानो जितेका थिए । यसबाहेक, म्याराडोनाले उमेर समुहतर्फ अर्जेन्टिनाका लागि अन्डर–२० विश्वकपको ट्रफी जितेका थिए । 

पेलेलाई सन् २०१६ मा सुपर बालेन डी’ओर अर्थात सात बालोन डी’ओरको विजेता घोषणा गरिएको थियो ।

५. पेलेविरुद्ध म्याराडोनाः व्यक्तिगत अवार्डमा को अघि ?
व्यक्तिगत अवार्डको विषयमा दुबै खेलाडीसँग निकै कम उपाधि छन् । दुवै खेलाडीले विश्वकप गोल्डेन बल जितेका छन् । दुवै खेलाडीले फिफाको प्लेयर अफ द सेन्चुरी अवार्ड बाँडेका छन् । फ्रान्स फुटबलले दुबै खेलाडीलाई मानार्थ बालोन डी’ओर प्रदान गरेको छ । तर पेलेलाई सन् २०१६ मा सुपर बालेन डी’ओर अर्थात सातवटा बालोन डी’ओरको विजेता घोषणा गरेको थियो । म्याराडोना यी अवार्डका लागि उपविजेतामै सिमित भएका थिए ।

यस्तै म्याराडोना दुई पटक दक्षिण अमेरिकी फुटबलर अफ द इयर घोषित भए । पेलेले यो अवार्ड नै पाएनन् किनकी यो पुरस्कार सन् १९७० मा मात्र सुरु भएको थियो । 
 

Logo