रोनाल्डोपछि मेसी पनि साउदी जाँदै, किन रोज्दैछन् चर्चित खेलाडीले खाडी मुलुक ? [भिडियाे]

रोनाल्डोपछि मेसी पनि साउदी जाँदै, किन रोज्दैछन् चर्चित खेलाडीले खाडी मुलुक ? [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

फुटबल खेलाडीहरुले आफ्नो खेल जिवन जुनसुकै क्लबबाट सुरु गरेपनि उत्कृष्ट खेलिरहेको समयमा उनीहरु नेम, फेम र पैसाका लागि सबैभन्दा प्रसिद्ध क्लबहरुमा आफूलाई आबद्ध गराउन चाहन्छन् । अझ भनौं संसारकै सबैभन्दा नाम चलेका क्लबहरमा आफूलाई स्थापित गर्न चाहन्छन् । 

करिअरको उर्वर समय बहुप्रतिस्थित क्लबहरुमा बिताएपछि उनीहरु क्लबका अन्य सहकर्मीहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने अथवा भनौं शारीरिक रुपमा कमजोर बन्दै गएपछि क्लब छाडेर अन्य लिगहरुलाई विकल्पका रुपमा हेर्छन । त्यसैको उदाहरण हो पछिल्लो समय स्टार खेलाडीहरुले आफ्नो करिअरको अन्त्य अमेरिकन, जापानिज र चाइनिज लिगहरुलाई आफ्नो प्राथमिकतामा राख्नु । सोही लिष्टहरुमा अब नयाँ देश थपिएको छ । त्यो देश हो साउदी । साउदीले आफ्नो लिगलाई विश्वमाझ परिचित गराउन विश्वकै सबैभन्दा खेलाडीहरुमध्ये एक पोचुर्गिज खेलाडी क्रिस्टियानो रोनाल्डोलाई किर्तिमानी मुल्यमा भित्रायो । 

रोनाल्डो जस्तै रियल म्याड्रिडका पूर्वसहकर्मी करिम बेन्जेमा पनि साउदी लिगमा अनुबन्ध भएका छन् ।

सामाजिक सञ्जालमा सबैभन्दा धेरै फ्लोअर बोकेका पोचुर्गिज स्टार साउदी लिगमा आए देखि नै यो लिगप्रति मानिसहरुको चासो निकै बढेको छ । ५० भन्दा बढी राष्ट्रहरुले साउदी प्रो लिगको लाइभ ब्रोडकास्टको अधिकार किनेका छन् । रोनाल्डो जस्तै रियल म्याड्रिडका पूर्वसहकर्मी करिम बेन्जेमा पनि साउदी लिगमा अनुबन्ध भएका छन् । साउदी क्लब अल इत्तिहादले बेन्जेमालाई प्रतिसिजन १ सय मिलियन डलर पाउने सर्तका साथ अनुबन्ध गरिएको हो । यस्तै उदाहरणका रुपमा अर्को खेलाडी पेलेलाई पनि लिन सकिन्छ । पेलेले पनि आफ्नो जिवनको अधिकांश समय सान्तोसका लागि बिताए पनि करिअरको उत्तरार्धमा उनले आर्थिक अवस्था सुधार गर्नका निम्ती अमेरिकन क्लब न्युयोर्क कसमोसका लागि खेले । 

पछिल्लो समययता साउदी लिग युरोप, अमेरिका तथा एसियाकै अधिकांश खेलाडीहरुको प्रमुख गन्तब्य बनिरहेको छ ।

यस्तोमा हालै लियोनल मेसी, सर्जियो रामोसलगायत खेलाडीहरु साउदी लिगमा जान सक्ने हल्लाले सामाजिक सञ्जाल नै भरिएको छ । यसै साता रोनाल्डोले साउदी प्रो लिगलाई संसारकै उत्कृष्ट पाँच लिग बनाउने पनि बताएका थिए । रोनाल्डोले मेसीलगायत अन्तर्राष्ट्रिय खेलाडीलाई साउदी प्रो लिगमा स्वागत गरेका छन् । पछिल्लो समययता साउदी लिग युरोप, अमेरिका तथा एसियाकै अधिकांश खेलाडीहरुको प्रमुख गन्तब्य बनिरहेको छ । आखिर किन बढिरहेको छ साउदी लिगप्रति खेलाडीको आकर्षण ?

उच्च पारिश्रमिकको अफरः साउदीले विश्वभरका खेलाडीलाई आकर्षण गर्नका लागि तेल बेचेर कमाएको अथाहा पैसा पानी झै बगाइरहेको छ । सोही कारण अधिकांश खेलाडीहरुले साउदी लिगबाट अनुबन्धका लागि अफर आउन साथ अफर स्विकार गरिहाल्छन् ।

साउदीले विश्वभरका खेलाडीलाई आकर्षण गर्नका लागि तेल बेचेर कमाएको अथाहा पैसा पानी झै बगाइरहेको छ ।

कम प्रतिस्पर्धात्मकः साउदी लिग अन्य शीर्ष–स्तरको लिगहरूको तुलनामा शारीरिक रूपमा कम प्रतिस्पर्धात्मक हुने गर्छ । जसका कारण पाका उमेरका खेलाडीहरूलाई साउदी लिगमा खेल्न निकै सहज हुन्छ । 

छोटो सिजनहरूः साउदी लिगमा अन्य लिगको तुलनामा छोटो सिजनहरु हुने गर्छन । जुन पाका उमेरका खेलाडीहरुका लागि उपयुक्त हुने गर्छ । किनकी पाका उमेरका खेलाडीहरु युवा खेलाडीहरु जसरी ९० मिनेट नै मैदानमा खेल्न असमर्थ हुने र लामो सिजन खेल्नुपर्दा निकै थकित हुने भएकाले पाका उमेरका लागि साउदी लिग पहिलो रोजाई भएको हो । 

सांस्कृतिक अनुभव वटुल्नः केही खेलाडीहरूको लागि, साउदी लिगमा खेल्न जानुखेल्नका लागि मात्र नभएर त्यो देशको संस्कृतिकलाई नजिकबाट अनुभव गर्ने सुनौलो अवसर हुनेगर्छ सोही कारण धेरै खेलाडीहर आफ्नो पहिलो गन्तब्य साउदी लिगका रुपमा हेर्छन् ।

प्रशिक्षण र व्यवस्थापनको अवसर प्राप्त गर्नः केही पाका खेलाडीहरूका लागि साउदी लिग खेल करियर समाप्त भएपछि प्रशिक्षण र व्यवस्थापनको अनुभव प्राप्त गर्ने अवसरको रूपमा हेर्छन् । किनकी आफू पहिले नै प्रतिस्पर्धात्मक लिगमा खेली सकेकाले पाका खेलाडीहरुलाई साउदी लिगलाई प्रशिक्षण दिने अवसरका रुपमा पनि हेर्छन । 

धेरै ट्रफी जित्नः साउदी लिग अन्य लिगको तुलनामा कम प्रतिस्पर्धात्मक हुने भएकाले पाका खेलाडीहरूले यो अवस्थालाई मौकाको रुपमा हेरी आफ्नो ट्रफीको सङ्कलनमा थप नम्बरहरु थप्न चाहन्छन् । 

करमा छुटः साउदीको कर प्रणाली विदेशी खेलाडीहरूका लागि निकै आकर्षक भएकाले विदेशी खेलाडीहरुले थोरै मात्र आयकर तिनुपर्ने हुन्छ । सोही कारण विदेशी खेलाडीहरुको रोजाई साउदी लिग प्राथमिकतामा पर्छन् । 

जीवनशैलीः केही पाका खेलाडीहरूले साउदी अरबको जीवनशैलीको आनन्द लिन पनि साउदी लिगमा जोडिन चाहन्छन् । साउदी अन्य राष्ट्रहरुभन्दा धेरै विकसित भएकाले अन्य देशकोभन्दा धेरै सुविधाहरु सहजै प्राप्त हुनेगर्छ । जुन धेरै खेलाडीहरूलाई मन पनि पर्ने गर्छ । 

साउदी पछिल्लो समय आफ्नो लिगलाई विश्वसामु चिनाउन हरसम्भव प्रयास गरिरहेको अवस्थामा विश्वकै प्रतिस्थित खेलाडीहरुको रुचि यो लिगप्रति बढ्नु स्वाभाविक नै हो । साउदीले आफूसँग भएको तेल बेचेर मनग्ये पैसा आर्जन गरेकाले उसले अहिले विश्व फुटबलबाट सन्यास लिन सक्ने खेलाडीहरु माथि आखाँ गाडेर बसेको छ त्यसैको ज्वलन्त उदाहरण हामी लियोनल मेसीलाई लिन सक्छौं । मेसीलाई भित्राउन साउदी क्लब अल हिलालले ४०० सय करोड डलर प्रतिवर्षको अफर गरिरहेको छ । जुन अहिलेसम्म फुटबल खेलको इतिहासमै एक खेलाडीले प्राप्त गरेको सबैभन्दा ठुलो अफर हो । हालै फ्रेन्च क्लब पीएसजीबाट अलगिएका मेसीले साउदी लिग छान्न सक्ने सम्भावना धेरै रहेको छ ।   

Logo